हल्दिवारी – हल्दिवारीका सबैको कोरोना भाइरस चेक ( पिसिआर ) नगेटिभ आएको छ स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले उक्तकुराको पुष्टि गर्नु भएको हो ।

हल्दिबारी १ गोल्धाप क्षेत्र , Quarentine , तथा समुदायको नमुना को आधारमा लिएको Contact Tracing – ४१ जनाको PCR को Report सबै Negative आएको स्वास्थ्य प्रमुख निरौलाले हल्दिवारी डटकमलाई बताउनुभएको छ ।

निरौलाका अनुसार साउन १६ गते उनीहरुको स्वाव संकलन गरि चेकजाँचको लागि बिराटनगर पठाइएको थियोे । हल्दिवारी गाउँपालिकामा ४७८ जनाको स्वाव संकलन गरि PCR टेस्ट गरिएकोमा १२ जनाको PCR नमुना पोजेटिभ आएपछि उनीहरुको बिराटनगर ,धरान तथा गोठ गाउँ मा उपचार गरिएको र सबै निको भएर आ -आफ्नो घरमा रहेको समेत निरौलाले जानकारी दिनुभयो ।

हाल हल्दिवारी २ मा रहेको क्वारेन्टाइन मा भारत बाट आएका ४ र अन्यमुलुक बाट आएका १३ जना गरि १७ जना रहेको र उनीहरुको PCR टेस्ट भोलि गरिने समेत स्वास्थ्य शाखाले जनाएको छ ।

 

हल्दिवारी गाउँपालिकासंग जोडिएको स्थानीयतहहरुमा समुदाय स्तरमानै कोरोना संक्रमण देखिएकोले सतर्क रहन समेत सबै जनसमुदायमा गाउँपालिकाले आह्वान समेत गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार