काठमाडौं,श्रावण २०- एघार बर्षिय दुवै मृगौला पिडित बालकको उपचार सहयोगार्थ रिटर्नी माइग्रेन्ट नेपालले आर्थिक सहयोग गरेको छ । सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका वडा नम्वर ७ स्थायी बसोबास भएका केदारनाथ अधिकारीका एघार बर्षिय छोरा सन्दिप अधिकारीलाई सँस्थाले श्रावण १६ गते छब्बीस हजार सात सय पचास रुपैयाँ सहयोग गरेको हो ।

केहि समय अघि बालकका परिवारले उपचार सहयोगको लागि आर्थिक सहयोग उपलब्ध गराउन भन्दै अपिल गरेको थियो । सन्दिप अधिकारीको दुईवटै मृगौलाले काम नगर्ने भएपछी बिगत एक बर्षदेखि उनको परिवार नियमित उपचारमा लागेको छ ।

छोराको उपचारकै लागि केदारनाथले भए भरका सम्पत्ति जमानी राखी कर्जा लिएको र त्यो पनि सकिएपछी रकम अभावका कारण छोराको उपचारले निरन्तरता नपाउने अवस्था उत्पन्न भएकोले सहयोगको लागि अपिल गरिएको परिवारले बताएको छ । उपचारको लागि काठमाडौंमा एउटा कोठा भाडा लिएर बसेका यो परिवारले कसैले सहयोग नगरिदिने हो भने कोठा भाडा समेत तिर्न सक्ने अवस्थामा छैन ।

कयौंपटक पछी पैसा तिर्नेगरी अस्पतालमा कागज गरेर सन्दिपलाइ डिस्चार्ज गरेको दयनीय अवस्था समेत रहेको पाइएको छ । एकदिन बिराएर नियमित डाइलासिस गर्दै आइरहेका सन्दीपको तुरुन्त मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने डाक्टरले बताएपनि त्यसको लागि आर्थिक जोहो हुन सकेको छैन ।

यहि पिरले अधिकारी परिवार अहिले छटपटाइरहेको बेला रिटर्नी माइग्रेन्ट नेपालले अन्य संघसँस्थालाइ समेत सहयोग गर्न प्रोत्साहन मीलोस् भन्दै आर्थिक सहयोग गरेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार