पाकिस्तानको मन्त्रिपरिषद्ले देशको नयाँ नक्सा जारी गरेको छ । यो राजनीतिक नक्सामा पाकिस्तानले जम्मु–कश्मिर–लद्दाख–जुनागढ पनि समावेश गरिएको छ । यसअघि यी ठाउँहरुलाई भारतले पनि आफ्नो नयाँ नक्सामा समावेश गर्दै आएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार यसको जारकारी दिँदै अब देशले नयाँ नक्सा नै प्रचलनमा ल्याउने बताएका छन् । उनको यो कदमलाई सबैले स्वागत गरेका छन् ।
खानले यो नयाँ नक्साले पाकिस्तानी जनतालाई प्रतिनिधित्व गर्ने र यसले कश्मिरका जनताको सैद्धान्तिक विचारधारालाई पनि समर्थन गर्ने बताएका छन् । खानले अब पाकिस्तानका स्कुल, कलेज तथा सबै सरकारी अफिसमा यही नक्सा राखिने र पढाइनु पर्ने पनि बताएका छन् ।
यता, भारतले पाकिस्तानको यो नयाँ नक्सालाई खारेज गर्दै यसलाई अवैधानिक बताएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1