कमला भट्टराई । सुनसरीको घुस्की र बसन्तपुर सिमानाकाबाट प्रहरीकै सेटिङमा दैनिक भारत विहारको घुरना बजारबाट घुस्की र बस्मतिया बजारबाट भुटाहा हँुदै खुलेयाम तस्करी भइरहेको छ । नेपाल सरकारले भारतसँगको सीमामा आवतजावत रोक लगाएको भएपनि सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको घुस्की र वसन्तपुर सिमानाकाबाट दैनिक तस्करी भईरहेको छ ।
भारती बस्मतिया–सिसुवा सिमानाकाबाट सिसुवा प्रहरी चौकीको अगाडिबाट दैनिक तस्करी हुन थालेपछि स्थानीयहरुले प्रहरीकै मिलोमतो तस्करी भइरहेको दावी गरेका छन घुस्की र वसन्तपुर जोडने सिमानाकाबाट दैनिक अबैद्य सरसमानहरु नेपालबाट भारत र भारतबाट नेपाल ओसारपोसार गर्ने गरिएको स्थानीयहरुको दावी छ । सिमाक्षेत्रमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाको दृष्टिकोण चोरीपैठारी रोक्नलाई तैथान रहेपनि ति नाकाका नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करहरुलाई मासिक नाजराना दिएर लाइन मिलाई बिभिन्न सरसमानहरु खुलेआम भित्र्याउने गरिएको स्थानीय बसिर मियाँले वताए ।
नेपालबाट सुपारी,कालो मरिच,मटर, मदिरा र भारतवाट हार्डवेयर, लत्ताकपडा, किराना, इलेक्ट्रोनिक, चप्पल जुता, खाद्यान्य लगायतका सरसमानहरु तथा लागु औषधसहितका सामग्रीहरुको तस्करी हुने गरेको मियाँले दावी गरे । सिसुवा प्रहरी चौकीका ईन्चार्ज गणेश यादव पहिला गौतमपुर प्रहरी चौकी बसेको र त्यसपछि भुटाहा प्रहरी चौकीमा बसेकोले अहिले सिसुवा प्रहरी चौकी प्रमुख भएर आएपछि पहिलाकै चिनजानका आधारमा सजिलै सेटिङ गरेर तस्करहरुले तस्करी गरिरहेको जानकारहरु बताउँछन ।
घुस्की र वसन्तपुरका प्रहरी प्रमुखहरुले माथिसम्म मिलाउनु पर्छ भन्दै तस्करहरुसँग रकम असुल्ने गरेको मियाँले दावी गरे । कोभिड १९ कोरोना भाइरसका कारण नेपाल–भारत खुल्ला सिमानाका सिल गर्न पाँच सय मिटरको दुरीमा सुरक्षाकर्मी राखिए पनि ति क्षेत्रबाट तस्करीसहित मानव आवतजावत समेत जारी रहँदा जोखिम बढेको स्थानीयको गुनासो छ ।
सशस्त्र प्रहरी बल वसन्तपुरका ईन्चार्जले सीमामा सुरक्षापोष्टहरु प्रयाप्त रहेकोले सहजै आवतजावत सम्भव नभएको भन्दै सेटिङमा तस्करी भईरहेको कुरा अस्विकार गरे । सिसुवा प्रहरी चौकीका प्रमुख गणेश यादवले टेलिफोनबाट कुराकानी नगर्ने भन्दै भेटेरै कुरा गर्न आग्रह गरे ।