हल्दिवारी ५ का बास्तोला ४ दिन पछी जङ्गलमा झुन्डिएको अवस्थामा मृर्त फेला परेका छ्न । हल्दिवारी गाउँ पालिका वडा नम्बर ५ बस्ने अन्दाजी ७३ बर्षिय मोलिलाल बास्तोलालाई चार दिन पछी झुन्डिएको अवस्थामा मृर्त फेला परेको प्रहरीले जनाएको छ।

गत बिहीबार बिहान ९ बजे देखि परिवारजनबाट सम्पर्क बिहिन भएका बास्तोला आज बिहान घाँस काट्न गएका स्थानीयले झुन्डिएको अवस्थामा मृर्त फेला पारेको शान्ति सामुदायिक बन उपभोक्ता समुहकी अध्यक्ष यमुना बास्कोटाले बताईन । जलथल जङ्गल स्थित शान्ति सामुदायिक बनको छ बाटो भन्ने ठाउँको पुर्व तिर उनको मृर्त शरीर नचिनिने अवस्थामा फेला परेको स्थानीय किरण दङ्गालले बताए ।

मृर्तकले लगाएको टोपी र भिरेको चुपीको आधारले झुन्डिएको अवस्थामा फेला परेको व्यक्ति बास्तोला नै भएकोले प्रहरी लाई खवर गरिएको यमुना बास्कोटाले बताईन । ।

मिर्तक बास्तोलाको सवलाई जिल्ला प्रहरी कार्यलयबाट आएको टोलिले घटना स्थलको छानबिन गरि पोस्टमार्टम को लागि मेची अस्पताल पठाइएको जलथल प्रहरी चौकिले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार