झापाको मेचीनगर नगरपालिकामा एक चिकित्सकसहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका १० स्थित आम्दा अस्पतालका एक जना चिकित्सकलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस अघि सङ्क्रमण पुष्टि भएका मेचीनगर १० का १५ बर्षिय युवकका परिवारका दुई जना सदस्यमा समेत सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको बुधबार आएको नतिजा अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ ।यी ४ जनासहित मेचीनगरमा सङ्क्रमितको संख्या १०० पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार