हेमन्त मैनाली हल्दिबारी । बा र्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखविरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।
बुधबार बार्सिलोनाका प्रशिक्षक क्वीक सेटिनले बायर्नविरुद्धको क्वार्टरफाइनल खेल खेल्ने २६ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् बार्सिलोनाले शुक्रबार पोर्चुगलको राजधानी लिस्बोनमा जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्दैछ यस खेलका लागि प्रशिक्षक सेटिनले टोलीको घोषणा गरेका हुन् ।
टोलीमा फ्रेन्च स्टार ओस्मान डेम्बेले पनि समेटिएका छन् ।विश्वकप विजेता डेम्बेले नौ महिनापछि बार्सिलोनाको टोलीमा परेका हुन् । यसअघि सेटिनले नापोलीविरुद्धको खेलमा पनि उनलाई बोलाएका थिए । तर, पूर्ण रूपमा फिट नभएका कारण उनले खेल्न पाएनन् ।अब भने डेम्बेले पूर्ण रूपमा चोटमुक्त भएका छन् ।
सामुअल उम्टिटी पनि टोलीमा फर्किएका छन् । फ्रेन्च स्टार उम्टिटी पनि चोटमुक्त हुँदै बायर्नविरुद्धको टोलीमा फर्किएका हुन् ।यस्तै मार्टिन ब्रेथवेटले पनि लिस्बोन भ्रमण गर्नेछन् । यस्तै बार्सिलोना बी टोलीका नौ खेलाडी पनि प्रारम्भिक टोलीमा छन् । बार्सिलोना बिहीबार लिस्बोन प्रस्थान गर्नेछ ।