देवेन्द्रकिशोर ढुंगाना – विर्तामोड। प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना सक्रममण बढदै गईरहेको अवश्थामा सार्वजनिक रुपमा मास्क नलगाई भौतिक दुरी बिना कार्यक्रम उदघाटन गरेका छन ।
संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएपनि मुख्यमन्त्री शेरधन राईले भने प्रदेश सरकारले जनताको घर–घरमा पुगेर सेवा प्रवाह गरेको बताएका छन् । आइसोलेसन बेड अभावका कारण प्रदेश एकमा एक सयभन्दा बढी कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएको अवस्थामा कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ । तर मुख्यमन्त्री राई विहीबार प्रतिबन्धित तीन वटा कार्यक्रमको प्रमुख अतिथि बने ।
उनी सहभागी बनेको सार्वजनिक कार्यक्रममा भौतिक दुरी कायम भएको थिएन । मानिसहरुको भिड थियो । मुख्यमन्त्री राई आफैंले पनि मास्क लगाएका थिएनन् । कार्यक्रममा सहभागी अन्यले मास्क चिउँडोमा लगाएका थिए । तीनैवटै कार्यक्रमहरुमा भाषण गर्दै मुख्यमन्त्री राईले घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गरे ।
बिहीबार उनले झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रमिण पूर्वाधार सडक परियोजना अन्तरगत निर्मित सडक उदघाटन गरे । सडक उदघाटन गर्दै उनले सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना संघीय सरकारबाट पूरा हुने बताउँदै निराश बन्नु नपर्ने बताए ।
मुख्यमन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटोमा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा–१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा ,नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध संकलन केन्द्र (चिलिङ सेन्टर) को पनि उदघाटन गरे ।