देवेन्द्रकिशोर ढुंगाना –
नेपाल भारत बीच सोमबार हुन गईरहेको सचिब स्तरीय बैठकमा सिमा बिबाद र अयोध्या मन्दिरको।साथै अन्य विद्यमान दुई देशका बिबादलाई पनि उठाउने सम्भावना प्रति नेपाली राजनीतिक बृतममा चर्चा हुनु स्वभाबिक हो।
दूई देश बीच केही दिनदेखि बढदे गएको मित्रतापूर्ण आपसी दुरीलाई ध्यानमा राखेर हुने यो बैठक अर्थपूर्ण हुने निश्चित छ। भाद्र १ गते सम्पन्न हुन गईरहेको यस बैठकमा दुई देश बीचको बिबादित समस्या माथी चर्चा हुने छ। यो बैठक नेपालमा हुने भएकाले पनि सबैका लागि चासोको बिषय रहेको छ। नेपालमा हेने यो बैठकमा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिब शंकर दास बैरागी र भारत सरकारको तर्फबाट नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रले नेतृत्ब गर्ने छन।
यस सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार यो दुई देश बीचको नियमित बैठक़ हो। उनले भने “नेपाल र भारतको बीच संयुक्त निरीक्षण संयन्त्रअर्थवा ज्वान्ट ओभरसाईट मेकानिज्मको बैठक पनि हुने छ। तर अहिले यस बैठकको कार्य तालिका तय भएको छैन। भारतीय दूतावासको श्रोत अनुसार भाद्र १ गते हुने बैठकको निर्धारित तिथी भई सकेको छ।
यस नियमित बैठकमा बिकास साझेदारीको बिषयमा पनि चर्चा हुने छ। दूतावास श्रोतले भनेको छ “बैठकमा द्विपक्षीय छलफल बीच अनौपचारिक रूपबाट सिमा बिबाद तथा अयोध्याका बिषयमा चर्चा उठ्न सक्छ तर त्यो मुख्य बैठकको हिस्सा हुने सम्भावना न्यून छ। बैठकमा भारतको तर्फबाट यो बिषय कार्य सूचीमा रहेको छैन।
” त्यसो त परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सिमा बिबाद तथा अयोध्यको बिषयमा भारत पक्ष संग कुराकानी गर्ने प्रयासकको वातावरण तयार गर्न लागेका छन। यसका लागि परराष्ट्र मन्त्री ज्ञवाली भारतीय दूतावासलाई पनि मधस्थता बनाई रहेका छन। तर उनले आपत्ति जनाएका छन कि भारत पक्ष चाँहि उनको यो चाहना प्रति रिस्पोन्स दिएको छैन ।
केही दिन अघि मात्रैगृहमन्त्री रामबहादुर थापा वादल व्दारा आएको सिमा सम्बन्धी बक्तव्यले दुई देशको सम्बन्धमा जटिल समस्या सिर्जना गरेको छ। स्मरणीय छ कि सबैको प्रतिक्षा लामो अन्तराल पछि हुन गईरहेको नेपाल भारत बीचको द्विपक्षीय बैठकतिर नजर छ।
यध्दपि नेपाल पक्षको विश्वास छ कि भाद्र १ गते ज्वाईन्ट ओभरसाइट मेकानिज्मको बैठकमा यस बिषयमा केही सकारात्मक पहल होने अपेक्षा गरिएको छ।