क्वारेन्टिन
बिर्तामोड –  इलामको एक क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका ९ का २२ बर्षीय युवक रहेका छन् ।

गएको साउन २६ गते भारतबाट आएर सूर्योदय नगरपालिकाको क्वारेन्टाईनमा बसेका उनको आइतबार राति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनको नगरपालिकाका स्वास्थ्यकर्मीले उपचार गर्ने क्रममा मृत्यु भएको जनाइएको छ । मृतक युवकको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईएको र रिपोर्ट आउन बाकीँ रहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार