देवेन्द्रकिशोर ढुंगाना – बिर्तामोड । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का २२ वर्षिय गुणराज यादवको बिभत्स हत्या गरी बोरामा बाँधेर फालिएको घटनामा उनकै साथीहरू संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको शब शनिवार विहान भोक्राहा नरसिंह वडा नम्बर ५ र इनरुवा वडा नम्बर ९ को सीमा नदीको रुपमा रहेको सुनसरी खोलामा बोरामा बाधिएको अवस्थामा फेला परेको थियो ।मृतक यादवको उनकै घर आसपासका साथीहरूबाट बिहीबार रातको समयमा हत्या गरी बोरामा हात–खुट्टा बाँधेर सुनसरी खोलामा फालिएको अनुसन्धानले देखाएको प्रहरी स्रोतले जनाएको छ ।

आफ्नै गाउँमा सञ्चालन गरिरहेको मोबाइल मर्मत पसल बन्द गरेर बिहीबार दिउँसो घर नजिककै साथीसँग साइकलमा यादव इनरुवा बजार घुम्न आएका थिए । इनरुवाबाट घर फर्किने क्रममा थप केही साथीहरूसँग भेट भएपछि यादवसहित केहीले एक घरमा खाजा खाएका थिए ।त्यहाँबाट साँझ एक जना आफन्तकोमा पुगेका उनी त्यहाँबाट पंखाको मोटर बिग्रिएको फोन आएपछि निस्किएका थिए । बाटोमा जाँदै गर्दा साथीहरुको समूह भेटेका मृतकले घटना स्थल नजिकै साथीको जन्मदिनको पार्टी भन्दै खानपिनमा बसेका थिए ।

रातीको साढे आठ बजेसम्म त्यही खानपिन गरेका उनी त्यसपछि साथीहरुसँग नजिकै रहेको पटुवा घारीमा गएका थिए ।त्यही उनको हत्या भएको प्रारम्भिक जानकारी प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बताईएको छ ।पटुवा घारीमा उनको हात खुट्टा डोरीले बाधेर त्यहाँ ढुंगा र फलामको चुच्चो हतियारले प्रहार गरेर उनको हत्या गरिएको थियो । स्रोतका अनुसारको उनको लिंगमा समेत ढुंगा जस्तो हतियारले प्रहार गरिएको जस्तो देखिएको छ ।उनको एउटा कान काटिएको छ, लिंग र आँखामा गहिरो चोट देखिन्छ । हत्यापछि यादवलाई हात खुटा बाँधेर प्लास्टिकको बोरामा हालेर राती नै सुनसरी खोलामा फालिएको देखिएको छ ।

यादवलाई स्थानीय छिमेकी र परिवारले शुक्रवार बिहान खोज्ने क्रममा घरदेखि तीन सय मिटर पर रगतको लतपतिएको अपराध स्थल भेटाएका थिए । लगतै प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरीले घटनाको अनुसन्धान गरेको थियो ।

त्यस क्रममा यादवसँगै इनरुवा गएका साथीसहित आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भईरहेको प्रहरीले जनाएको छ ।स्रोतका अनुसार हत्याको घटनाको पछाडि यौन सम्बन्धसमेत कारक तत्व रहेको आशंका बढेपछि त्यस विषयलाई लिएर समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीसहित घटनाको अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको एक टिमसमेत संलग्न रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक कमल थापाले आफूहरु अनुसन्धानको अन्तिम निष्कर्स नजिक पुगेको र छिटै हत्यारा पत्ता लाग्ने स्थिति रहेको भन्दै घटनामा संलग्नताको आशंकामा अहिलेसम्म आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार