काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार बिहान काभ्रेको धुलिखेल अस्पतालमा धुलिखेलका ९८ वर्षीय पुरुष पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।त्यस्तै आज नै नेपाली कांग्रेसका जिल्ला उपसभापति ३९ बर्षि सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिमका गिरीको आज बिहान पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सोमबार राति बाँकेमा पनि नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।त्यसैगरी कास्कीको सेवा अस्पतालमा पनि एक महिलाको मृत्यु भएको छ । तनहुँकी ५० वर्षीया महिलाको सोमबार मृत्यु भएको हो । उनको आज कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
यस्तै विराटनगरमा सोमबार साझँ कोसी अस्पतालमा ४७ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । विराटनगर ९८ बस्दै आएको ४७ वर्षीय पुरूष सोमबार साँझ मृत्यु भएको हो ।पछिल्लो २४ घण्टामा यी ५ जनाकै कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।