विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म २ करोड ३८ लाख ६ हजार ७९४ संक्रमण भएको छ । यस्तै एकै दिन थप ४ हजार ३२८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १७ हजार नाघेको छ । संक्रमितमध्ये १ करोड ६३ लाख ५६ हजार ८४८ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ५७३ जनाको मृत्यु भएको छ । ३३ लाख ८५ हजार ७५१ जना संक्रमित भएकोमा १९ लाख ९४ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६० हजार ४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख ८८ हजार ८४६ पुगेको छ । त्यसमध्ये ३९ लाख ४३ हजार ९६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३१ हजार ६१३ जनाको मृत्यु भएको छ । ६३ लाख ८३ हजार ९१० जना संक्रमित भएकोमा ५० लाख ७३ हजार ३८६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९० हजार ७१२ जनाको मृत्यु भएको छ । ५८ लाख १५ हजार १०३ जना संक्रमित भएकोमा ४३ लाख ९० हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ५१ जनाको ज्यान गएको छ भने ११ लाख ९९ हजार ९६१ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख २५ हजार २२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५४४ जनाको मृत्यु भएको छ । २७ हजार ४२३ जना संक्रमित भएकोमा २१ हजार ५६७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने ३२ हजा ६७८ जनामा संक्रमण देखिएकोमा १५७ जनाको निधन भैसकेको छ । १८ हजार ८०६ जना भने उपचारपछि निको भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार