दिपेश कार्की, बिराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका २ स्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याएको १२ लाख ४४ हजार ७ सय रुपैयाँ मूल्य बराबरको विभिन्न सामानसहित तीन जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले को. १ ख ३३६६ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छली ल्याएको सूर्ती, ताज महल नामक भारतीय चामल तथा अन्य नेपाली चामलसमेत गरी उक्त मूल्य बराबरको सामान फेला पारेको थियो ।
उक्त अवैध सामानसहित ट्रक चालक बर्जु गाउँपालिका २ बस्ने २८ वर्षिय संजीब गुरुङ, ट्रकका हेल्परहरु मोरङ बिराटनगर महानगरपालिका ७ बस्ने २८ वर्षिय गोपाल थापा मगर र ३५ वसयौय गोपाल साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामान, मिनीट्रक तथा पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1