सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)) का अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट २६ गतेका लागि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिए । आजको बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि यसअघि बैठकको मिति तय भए पनि कोरोनाका कारण स्थगित हुँदै आएको छ ।

साथै आजको भेटवार्तामा ओली र प्रचण्डबीच तत्काल मन्त्रिपरिषद् पुर्नगठन गर्ने पनि सहमति भएको बताइन्छ । भदौभित्रै मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा अध्यक्षद्धय जुट्ने भएको छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार