देवेन्द्रकिशोर ढुंगाना बिर्तामोड । सैनिक आवासीय महाविद्यालय धरान स्थित फुस्रे व्यारेकमा नेपाली सेनाका लागि सञ्चालन गरिएको क्वारेन्टिनमा रहेका ८३ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ ।

सेनाको पूर्वी पृतना मुख्यालय अन्तरगत बिदा, तालिम, सरुवा, शान्तिसेना तथा अन्य कामको सिलसिलामा विभिन्न युनिटबाट आएका सैनिक र उनीहरुको परिवारका लागि सञ्चालन गरेको धरानको फुस्रेस्थित क्वारेन्टिनमा रहेका ८३ जनामा संक्रमण देखिएको हो ।

त्यहाँ रहेका बाँकी १६ जना सैनिकको रिपोर्ट भने नेगेटिभ आएको छ । पूर्वी पृतना मुख्यालयकी जनसम्पर्क अधिकृत उर्मिला केसीका अनुसार स्वदेश र विदेशका विभिन्न स्थानबाट प्रदेश नम्बर १ का विभिन्न युनिटका लागि आएका सैनिकहरुलाइ धरानको उक्त क्वारेन्टिनमा राख्ने गरिएको छ ।

एक जना महिला सैनिकको बच्चा सहित संक्रमित भएका ८३ जनालाई पूर्वी पृतना मुख्यालयद्धारा मोरङ्गको याङ्गशिलास्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा व्यवस्थित रुपमा सञ्चालित आइसोलेसन सेन्टरमा पठाइएको छ । धरानको उक्त क्वारेन्टिनमा रहेका संक्रमित वा अन्य व्यक्तिहरु त्यहाँ आएपछि बाहिरी व्यक्ति, समुदाय वा अन्य सैनिक व्यारेकसँग सम्पर्क हुन नपाएकोले यसबाट समुदायमा संक्रमण नफैलिएको पनि पृतना मुख्यालयले जनाएको छ ।

धरान–१३ फुस्रे स्थित नेपाली सेनाको ब्यारेकमा रहेका ६२ जनामा शनिवार राती कोरोना पोेजेटिभ पुष्टी भएको हो । धरानमा यस अघि फुस्रे सैनिक क्याम्पमै कार्यरत २३ जना सेनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसभन्दा अघि धरानमा कोरोना संक्रमित नेपाली सेनाको सख्याँ ३० पुगेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार