प्रकाश – बहुराष्ट्रिय राज्शय : आदिवासी जनजाती, मधेसी र खस आर्य आदिको समिश्रण नेपाली राष्ट्रियता हो, ती विभिन्न सप्रकाशढएउटैमा अटाउनु भनेकै बहुराष्ट्रिय राज्य हो । यी समुदायको आ–आफ्नै राष्ट्रिय पहिचान छ । हरेकको आफ्नै रितिथिति , परम्परा र संस्कृतिहरु रही रहेको छ ।
भाषा, संस्कृतिका आधारमा बहुराष्ट्रिय राज्य सुवाउँदो र आवश्यकता रहेको छ । नेशन (राष्ट्र) भनेको जातीय हो । जातीयता भनेको राष्ट्रियता हो । यहाँ जातीय भनेको थर होइन । जातीयलाई काष्ट (थर) सँग जोड्न मिल्दैन । बाहुन, क्षेत्री, तामाङ, थारु जस्तो होइन ।
नेशन (राष्ट्र)लाई राष्ट्रियता भनेको छ । राष्ट्रियता भन्ने वित्तिकै भाषा, भूगोल, इतिहास र संस्कृतिको कुरा आउँछ नै , पहिचान सहितको संघीयता बहुराष्ट्रिय राज्य हो । अरु देशमा के कस्तो छ बहुराष्ट्रिय राज्य ? – हाम्रो छिमेकी राष्ट्र भारत पहिला हिन्दूस्तान नामले चिनिने देश थियो त्यसैको परिणाम स्वरुप पाकिस्तान, बंगलादेशमा रहेको समुदायको अहिले छुट्टै देश स्थापना गरेको छ र अहिले भारत, पाकिस्तान, बंगलादेश भनेर चिनिन्छ । भारतमा अहिले विभिन्न समुदायको नाममा प्रदेश रहेको छ , जस्तो बिहार आदि ।
स्मरण रहोस् बिहारमा बिहारी भन्दा अन्य समुदायको बहुमत छ । बंगलादेशमाको पश्चिम बंगालमा बंगाली भन्दा अन्य समुदायको बहुमत छ । पाकिस्तानमा पञ्जाव, यसबाट के कुरा बुझ्नु पर्छ भने एउटाबाट अर्को टुक्रिने कुरा होइन । पहिचान, भाषा, संस्कृति आदिको रक्षा र प्रवर्धन गर्नु हो ।
भाषा संस्कृतिका आधारमा बहुराष्ट्रिय राज्यको अवधारणा ल्याउन मिल्ने देखिन्छ । धर्म मान्छेलाई टुक्रयाउने ठूलो आधार रहेको छ उदाहरणमा बोस्नीया हर्जगोभिना र नाइजेरियामा धर्मका आधारमा राज्य छुट्ट्याइएको हो । नाइजेरियामा मुस्लिम र क्रिश्चियन राज्य छन् । यस्तै, बेल्जियममा भाषाका आधारमा बहुराष्ट्रिय राज्य व्यवस्था छ ।
अन्त : नेपालको भावी संघीय संरचनाबारेको बहस र तत्काल उठेको बहुराष्ट्रिय राज्य बारे आ–आफ्नै तर्क छ तर, विश्व परिवेश हेर्दा नेपालमा अव बन्ने प्रदेशमा कुनै खास एक दुई समुदायको बाहुल्यता छैन । पूर्व मेची देखि पश्चिम महाकालीसम्म सबै थरीका नागरिक बसोबास गर्दछन् । त्यसकारण मेरो बुझाईमा बहुराष्ट्रिय राज्य सुवाउँदो रहेको छ ।