विर्तामोड। भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् ।

कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्वास्थ्य संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका हुन् । यसअघि सशुल्क उपचार गर्नेगरी कोभिड अस्पताल सञ्चालन गरेका न्युरो अस्पताल र विराट मेडिकल कलेजले निःशुल्क उपचार गर्ने भएका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि बुढीगंगा–२ टंकिसिनवारीमा रहेको कलेजले कोरोना संक्रमितको उपचार निःशुल्क गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि अस्पतालले सोमबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको कलेजका उपाध्यक्ष डेनिस कार्कीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार