हल्दिबारि । बलिउड चर्चित अभिनेता हुन् अक्षय कुमार । फिल्म सौगंधबाट बलिउडमा फिल्म करियर शुरु गरेका अक्षयले हालसम्म धेरै फिल्ममा काम गरिसकेका छन् । हालसम्म १०० भन्दा बढी फिल्म खेलिसकेका अक्षयका हरेक फिल्म हिट भइरहेका छन् ।

फिल्ममा उनको कमेडी अभिनय धेरैले रुचाउने गर्छन् । अहिले कोरोनाको महामारी भएपछि उनको हातमा फिल्मको खाँचो छैन । उनी एकपछि अर्को फिल्ममा जोडिदै गइरहेका छन् । अक्षय यस वर्ष फोर्ब्सको सर्वाधिक कमाई गर्ने अभिनेताको सूचीमा पनि परेका छन् ।यस सूचीमा पर्ने उनीमात्र एक भारतिय कलाकार हुन् । भारतिय मिडियाका अनुसार उनले एउटै फिल्मको ४५ करोड भारु भन्दा बढी पारिश्रमिक लिने गर्छन् । एक ब्रान्डको विज्ञापनका लागि पनि अक्षयले ६ देखि ७ करोड भारु लिने गर्छन् ।

वर्षमा करिब चार देखि पाँचवटा फिल्म खेल्ने अक्षय पछिल्लो समय सबैका प्यारा अभिनेता भएका छन् । भनिन्छ, सुपरस्टार बन्नुअघि उनले वेटरका रुपमा काम गरेका थिए । उनले यस स्थानमा आउन ठूलो संघर्ष गर्नु परेको थियो ।मार्शल आर्टका खेलाडी समेत रहेका अक्षयको कुल सम्पत्ति ६९ मिलियन डलर रहेको बताइएको छ । अहिले अक्षयसँग निजी विमान, महंगा भवन र कैँयौ महंगा गाडी पनि छन् । पछिल्लो समय फिल्म बेलबटममा व्यस्त छन् ।

यसै फिल्मको सुटिङको लागि अहिले उनी स्कटल्यान्डमा छन् । यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार