• रचनाकार : राज कुमार कार्की 

देखिन्छ आज जताततै समवेदना नै समवेदना।
मुहार पुस्तकका भित्ताहरु समवेदनाले भरिए ।।
मानव जातिहरुका मुटुका धड्कनहरु छरिए ।
सुभ कार्यहरुमा निमन्त्रणा गर्न छाडिए अहिले ।।

सन्सारमा कता के के हुदैछ कसैलाई थाहा छैन।
यमराजको समवेदना नआउला भन्न सक्किन्न।।
महँगी भ्रष्टाचार घूस खोरिको समबेदना छापिन्छ।
किन जीउँदै लासहरुको समबेदना त देखिन्न ।।

किन आज भोको पेटहरुका समबेदना छापिन्छ।
दिनेको त कुरै हुदैन लिनेको त इन्च टेप नापिन्छ।।
सुनिन्छ किन समबेदना मन्त्रालय आउदैछ भनिन्छ।
यमराज मानेनन् रे अब कसैलाइ मन्त्री बनाउने भन्ने सुनिन्छ ।।

भनिन्छ समवेदना पनि कमिसन बाडेर खाइन्छ।
त्यही भएर होला आफ्नालाइ भर्ती गर्न मन्त्री चाहिन्छ ।।
किन छापिदैछ आज कोरनाको समवेदना अहिले ।
मानव मात्रको मात्र समवेदना आउँदछ जहिले ।।

हत्याहिंसा बलात्कार आतंकको समवेदना ल्याउ।
गरीब निमुखा सोझा साझा जनतालाई नतर्साउ।।
सजीव वा निर्जीव हो यो कोरना कसैलाई थाछैन।
मानव जातिमा मात्र दुस्ख दिन्छ तर किन कुर्सीमा लाग्दैन।।

थाहा नै छैन यमराजलाई समवेदना नै मात्र आउदछ जहिले।
जे जसरी जे भएर मरेपछि कोरनालाइ नै दोष लाइन्छ।।
किन हो कोरनालाइ चाहिँ किन कोरना नै नलाग्ने ।
सकारात्मक परिणाम मात्र के आएको थियो सब छोडि भाग्ने ।।

कता गयो किन गयो बिज्ञान आज कता बस्यो लुकेर ।
के समवेदनाको पर्खाइमा बसेको हो त बिज्ञान ढुकेर।।
समवेदना लेख्नेहरुले मात्र के तक्माहरु नै पाउने।
खाली पेट भोकभोकै बसि कसरी ताली बजाउने।।

जङ्गे पिलरहरु छुने हातहरुमा किन कोरनाले नछुने।
समबेदना लेख्ने हातहरुले किन मलम लगाउन नहुने।।
कोरोनाले कहर दिएर समवेदनाले सधैं किन तर्साउने ।
सामान्य रुघाखोकी मात्रै हो भनि किन नदर्साउने।।

चल्दैछ गाउँ र सहर बीच समवेदनाको सब लहर ।
चाडै अन्त्य हुनुपर्छ अब यहाँ समवेदनाको कहर।।
कोरनाले तर्साउने समवेदनाले सब थोक दर्साउनु।
यता त राम्रै छ हजुर हाल के छ त्यता गाउघरको चाल।।

मर्दाको त मलामी हो हजुर बाच्दाको जन्ती नै ।
नरिसाउनु होला हजुर मैले त सबको खुल्दुली भने।।
नछापौ हजुर मानवजातिको जताततै समवेदना जहिले ।
डुब्यो देशको अर्थतन्त्र अब सब मिली उठाउनु पर्दछ अहिले ।।

धन्यवाद ।

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार