आचार्य रामचन्द्र –
डि भि भर्नु पर्नु र परदेशिनु याे सवै नेपाली माटाेकाे अपमान मात्र हाे।डि भि भरेर अमेरिकि क्रिश्चियनका देशमा गएर नेता वन्ने,उद्यमि वन्ने तथा उच्च जीवन शैली हुने तथा अमेरिकि नागरिक सरहकाे हैसियत वरावर हुने वा त्यहाकाे सरकारि पदमा रहने वा कर्मचारि हुने वन्ने पटक्कै हाेईन।हाे त के भने त्यहाकाे तेस्राे वर्गकाे नागरिक र भाडाका मजदुर वन्ने र तल्लाे स्तरकाे भरिया जीवनशैली जीउने मात्र हाे।
डि भि परेर जानू विदेशमा काम नाेकरि गर्न गएजस्ताे खाडि,काेरिया,जापान आदि मुलुमा गए जस्ताे हाेईन ,त्यहा जाने पैसा र मेहनत लिएर आउछन र सीप देशमा प्रयाेग गर्न पाउँछन् र कामदारहरु कर्मचारिहरु स्वतन्त्र पनि हुन्छन तर अमेरिकि देशमा डि भि परेर जानू देशलाई परित्याग गरेर,मातापिता परित्याग गरेर र वधुवा भिखारि मजदुर हुनु मात्र हाे।
अमेरिकिहरु तेसाे विश्वका मानिसलाई हेयकाे रुपमा हेर्ने र विश्वका सम्पन्न सभ्य हु भन्ने घमण्ड भएकाकाे देशले चिठ्ठा परेर जानेलाई के मुल्याकन गर्थे,काम गर वाचकाे नीति उनिहरुकाे हाे।देशमा कामदारकाे स्थायि आपुर्ति गर्न उसकाे रणनीतिक याेजना मात्र हाे।
डि भि पिअारले समाजमा विचलन पैदा गरेकाे छ ,युवा नफर्कने गरि पलाएन भैरहेका छन,वावुआमामा तनाव वढिरहेकाे छ भने जीवनकाे अन्य अवस्थामा छाेराछाेरि नहुनुकाे पीडा र भयावह तथा छाेराछाेरिकाे निर्दयि पनले समाजलाई विसृङ्खलता तिर धकेलीरहेकाे छ।
त्यसै गरि आफ्नाे सभ्यता संस्कार,रहन शहन र मुल्यमान्यता ध्वस्त हुँदै छन भने उनिहरुका छाेराछाेरि पुरै विदेशि वनिरहेका छन र सभ्यता र संसेकार विहिन भ्याकुरे सन्तान उत्पादन हुदै छन।जाे सदाका लागि विदेशि हुने छन।
अमेरिकामा डि भि भरेर जानू पक्कै धनिकाे नाेकर हुन जानू हाे जहाँ वृद्द मातापिताकाे अश्रृधारा कुल्चेर कहिल्यै नफर्किने गरि जानू हाे।
याे भन्दा त सीप सिकेर खाडि,कतार,जापान,चिन,काेरिया धेरै उत्तम छन् जहाँ गएर धन र ज्यान दुवै लिएर आउन पाईन्छ तर अमेरिकामा भासिएकाे र पि आर लिएकाे मानिस फर्कनु र शहर पसेकाे कुकुर गाउँ फर्के जस्ताे असंभव छ।
यहाँ धेरै लेख्न जरुरी छैन।आफ्नै माटाेमा गरिव भए पनि हामी धनी नै हाै,धनिकाे आजिवन नाेकर वनेर सधै गरिव मात्र हाे।वाँकि कुरा सवैकाे आफ्नाे मर्जि हाे ।
–(अर्काे प्रयासमा अमेरिकामा गएका नेपालीकाे पेशा,राेजगारि,कमाई,आय,जीवनशैली,सामाजिक मानसम्मान,पहिचान,याेग्यता,कामकाे स्तर,खर्च प्रणाली र समग्र जीवन शैलीवारे तथ्याङ् प्रस्तुत गरिने छ)