काठमाडौं सरकारले कोरोनाभाइरसको परीक्षण शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाभाइरसको परीक्षण शुल्क घटाएको जानकारी दिएका हुन् ।
उनले कोरोनाभाइरसको परीक्षण शुल्क दुई हजारबाट एक हजार रुपैयाँमा झारिएको बताए । उनले आज गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने बताए ।
नियमित प्रेस ब्रिफिङको क्रममा उनले परीक्षणको यो रकम समयानुकूल समायोजन हुँदै जाने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताए ।
सरकारले पहिले कोरोनाभाइरसको परीक्षण शुल्क पाँच हजार पाँच सय रुपैयाँ राखेकोमा घटाउदै लगी अहिले एक हजारमा झारेको हो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1