योग्यमाया ढूंगाना- सिलिगुडी (प, बंगाल) l विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दर पनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजीमा छन् ।

तर अहिलेसम्म कुनै तात्विक परिणाम आउन सकेको छैन । त्यसैले कोरोना संक्रमणसँग बाँच्नका लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ । मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ ।

त्यसैमध्येको एक हो, पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो बिक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् ।

गुर्जो दैविककालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको कोइराला बताउँछन् । रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरिरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनी बताउँछन् । गुर्जोलाई धुलो बनाएर वा उमालेर खान सकिन्छ ।

डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्रालाई किच्याएर पानीमा उमाली छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एक चम्चासम्म खान सकिन्छ । कोरोनासँग लड्नका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए ।

त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई–तीन पटकसम्म खान सकिने उनको भनाइ छ । गुर्जो गर्भवती महिला र गम्भीर प्रकृतिका बिरामीहरुले समेत खान नहुने डा. कोइरालाले बताए । यो सबै उमेरकाले खान हुने पनि उनले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार