काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्ने बताएका छन्।

डा. भट्टराईले गएको विहिबार गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ९ अर्ब भ्रष्टाचारको आरोप लगाएका थिए ।उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालमाथि भ्रष्टाचारको आरोप लगाएपछि नेकपाले बुधबार व्यक्तव्य निकालेर सार्वजनिक माफी माग्नुपर्ने बताएको थियो ।

व्यक्तव्यमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गरेको प्रमाण पेश गर्न चुनौती दिएपछि डा। भट्टराईले पनि सामाजिक सञ्जाल ट्वीटरमा भ्रष्टाचार भएको प्रमाण देखाउन तयार भएको तर त्यसका लागि जनलोकपाल गठन गर्नुपर्ने बताएका छन्।उनले भ्रष्टाचार काण्डको छानवीन गर्न प्रस्ताव गर्दै यसमा पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन् ।

उनले भने -बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ !

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार