काठमाडौंमा कोरोना परीक्षणको लागि स्वाब दिएर सम्पर्क बाहिर रहनेको संख्या दैनिक बढिरहेको छ । काठमाडौं जिल्लामा १ हजार ५ सय ६१ जना कोरोना संक्रमित अहिले सम्पर्क बाहिर छन् । कोरोना परीक्षणको लागि स्वाब दिने तर फोन नम्बर तथा ठेगाना प्रष्ट नभएका कारण उनीहरु अहिले स्वास्थ्य कार्यालय तथा अस्पतालको सम्पर्क बाहिर रहेका छन् l

परीक्षण गराउने धेरै जनाले गतल नम्बर र नाम टिपाएको तथा फोन नउठ्ने तथा नलाग्ने समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका कोरोना फोकल पर्सन पार्वती बिष्टले बताइन् । कोरोना लागेको थाहा पाएपछि सामाजिक दृष्टिकोण फरक हुने कारण नामसमेत कतिपयले गलत दिने गरेको उनले बताइन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण अहिले भुुसको आगो जसरी फैलिइरहेको छ । दिनदिनै संक्रमणको दर बढिरहेको छ । कोरोना नियन्त्रणका सबै प्रयासहरु अहिले असफल भइसकेको छ ।कोरोना संक्रमण दर बढ्नुको एउटा कारण संक्रमितहरु सम्पर्कमा नआउनु र उनीहरुको निगरानी गर्न नसक्नु पनि मुख्य कारण भएको बिष्ट बताउँछिन् । नेपालमा कोरोना नियन्त्रणमा रिकारको प्रयासको चर्को आलोचना हुन थालेको छ । स्वास्थ्य मापदण्ड पालनाका कुरा बाहेक सरकारको नयाँ रणनीति देखिएको छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार