असोज – ३० । सतासी बहुमुखी सहकारी सस्था लि .ले हल्दिवारी २ को हल्दिवारी स्कुल चोकमा सुलभ डिपार्टमेन्ट स्टोर संचालनमा ल्याएको छ।
असोज २६ बाट संचालनमा आएको डिपार्टमेन्ट सर्वसाधारण जनताको लागि सहयोगी हुने सस्थाका हल्दिवारी संयोजक धनबहादुर श्रेष्ठले बताए । उनका अनुसार प्रत्येक सामान अन्य पसलभन्दा २-४ रुपैयाँ सस्तोमा उपभोक्ताले पाउने छ्न ।
उक्त डिपार्टमेन्ट स्टोर कि हल्दिवारी इन्चार्ज सारदा नेउपानेका अनुसार सतासीको बिर्तामोड पछिको यो पहिलो डिपार्टमेन्ट स्टोर हो । यहाँ खाद्य सामाग्री ,पेय पदार्थ ,गिफ्ट आइटम ,तरकारी ,देखि ग्रामीण स्तरमा चाहिने अति आवश्यक २ हजार भन्दा बढी भेराईटिजका सामानहरु २ देखि ५ प्रतिशात छुटमा पाइने छ ।
करिब १ करोडको लागतमा संचालनमा आएको स्टोरले आफ्ना सदस्यहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । सतासीले दसै ,तिहार लाई मध्य नजर गर्दै २ देखि ५ प्रतिशात छुटको व्यवस्था समेत गरेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार