हल्दिवारी गाउँपालीका वडा नं-३ का अनिल मेचे लगायत युवाहरुको सक्रियतामा बागबजार स्थीत लक्ष्मि मा वि को व्यवसायीक भवानमा ६० लाखको लागतमा टाईगर हिल िफटनेस सेन्टर संचालनमा आएको छ ।
बैदेशिक रोजगारको सिलसिलामा ४ बर्ष दुबइ बसेका अनिल मेचे र स्थानिय युवाहरुको सक्रियतामा उक्त फिटनेस सेन्टर ( जिमखाना ) सुरु भएको हो ।
कोरोना महामारिको बिचमै ५ महिना अगाडि नेपाल फर्किएका मेचेले युवा देखि वृद्ध सम्मलाई लक्ष्यित गरि फिटनेस सेन्टर संचालन गरेको बताए l उनका अनुसार १ पटकमा ३० देखि ५० जनाले सुविधा लिन सक्ने छन् ।
व्यवसायीक रुपमा संचालन गरेको टाईगर हिल फिटनेस सेन्टरले १ महिना तालिम गरे बापत पुरुषलाई २ हजार महिलालाई १५ सय त्यसतै ३ महिना तालिमको लागि ५ हजार र ४ हजार लाग्ने छ भने ६ महिनको लागि ८ हजार र ६ हजार त्यसै गरि १२ महिनाको लागि १३ हजार र १० हजार लाग्ने उक्त सेन्टरका प्रमुख संचालक अनिल मेचे बताए ।
हल्दिवारी गाउँपालिकामै पहिलो पल्ट खोलिएको जिमखानाले यहाँका युवाहरूलाई स्वास्थ्य जीवन जिउनको लागि ठुलो सहयोग पुग्ने विस्वास लिइएको छ ।