काठमाडौ ४ कात्तिक । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केति न्द्रिय समिसस्य थपेको छ ।
यस अघि ७०१ केन्द्रीय समिति सदस्य रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संसोधन गरी ८०१ केन्द्रिय समिति सदस्य बनाएको छ । आज मंगलबार बसेको जसपाको कार्यकारीणी समितिको बैंठकले सर्वसमितिले विधान संशोधन गरी केन्द्रिय सदस्य थपेको बुझिएको छ ।
आज बसेको बैंठकले अनुशानसम्बन्धी प्रावधान पनि संशोधन गरिएको जनाएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले आ आफ्नो पार्टीको तर्फबाट आवश्यकता भन्दा बढी केन्द्रिय सदस्यको नामावली दिएकाले उक्त आएको नामावलीलाई केन्द्रिय सदस्यमा राख्नुपर्ने भएकोले केन्द्रिय सदस्यको संख्या बढाउन बैंठकमा विधान संशोधन गर्नुपर्ने प्रस्ताव आएको थियो ।
सोही अनुरुप आज बसेको जसपाको कार्याकारीणी समितिको बैंठकले केन्द्रिय समिति सदस्य संख्या बढाएको हो ।