हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । आजमात्र हल्दिवारी ४ का २ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित एकजना बिर्तामोड नगरपालिकाका कर्मचारी रहेको जनाईएको छ ।
कोरोना संक्रमीत समुदाय स्तरमै फैलिन थालेपछि सचेत रहेर दशै मनाउन स्वास्थ्य शाखाले हल्दिवारी वासिलाई आह्वान गरेको छ । समुदाय स्तरमै एकहप्ताको बिचमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आफुलाई समेत कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला होम आइसोलेसनमा बस्नु भएको छ भने उहाँको अवस्था सामान्य रहेको हल्दिवारी डटकम संगको कुराकानीमा निरौलाले बताउनु भएको छ ।
कोरोना महामारी सगै स्वास्थ्य शाखा प्रमुख निरौला तथा स्वास्थकर्मिहरु ,गाउँपालिका प्रवक्ता सागर पोर्तेल , स्थानीय प्रहरीले कोरोना रोकथाम तथा क्वारेन्टाइन व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाले समुदायमा कोरोना फैलिन नदिन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको पाइन्छ ।
दसैमा सजक भै भिडभाड नगरी मनाउन समेत आइसोलेसनबाट स्वास्थ्य शाखा प्रमुख निरौलाले सबैलाई अनुरोध गर्नु भएको छ । दसैमा हल्दिवारी गाउँपालिका भित्रका कुनैपनी मेलाहरु नलगाउन समेत स्थानीय प्रसासनले सूचना जारी गरेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1