कमला भट्टराई , झापा।जनतासमाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा धरान उपमाहानगरपालिकाको उप निर्वाचनका नगरप्रमुखको उमेदवार गजेन्द्र इस्वोको मृत्यु भएको छ ।

किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वोको मंगलबार बिहान करिब ४ बजे विराटनगर स्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगका पिडित इस्वो झापामा किमोथेरापी गराउदै आएका थिए । भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार इस्वोको धरानको विकाश निर्माण तथा समाज परिवर्तनको अभियन्ताका रूपमा पनि काम गर्दै आएका थिए ।

केहि दिन अघि अस्वस्थता कारण धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपचारका लागी लगिएको उनलाई उपचार सम्भव नभएपछि न्युरो अस्पतालमा लगिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार