काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै काठमाडौं उपत्यकामा एक हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो । कोरोना संक्रमित हुनेमा काठमाडौंका एक हजार ५ सय ७०, भक्तपुरका एक सय १९ र ललितपुरका एक सय ८९ जना रहेका छन् ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ३६९११ रहेको छ । त्यस्तै आज थप ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९७८ पुगेको छ ।

   यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३० जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपालमा दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै उच्च संख्या हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार