दिपेश कार्की
विराटनगर । विराटनगरमा एक चिकित्सकलाई दुई महिनामै कोरोना संक्रमण दोहोरिएको छ ।सामान्यता एक पटक संक्रमण भएको ६ महिनासम्म शरिरमा एण्टीबडी रहने अध्ययनले देखाएको छ । तर विराटनगरको एक अस्पतालमा कार्यरत ३२ वर्षीय डाक्टरलाई दुई महिनामा पुनः संक्रमण दोहोरिएको हो ।

ती डाक्टरलाई १८ साउनमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । १४ दिनको आइसोलेशन बसाईपछि संक्रमणमुक्त भएका उनी एक महिनासम्म घरमै बसे ।

तर असोज अन्तिममा उनलाई पुनः लक्षण देखिन थाल्यो । कोरोना जाँच गर्दा ३ कात्तिकमा पोजेटिभ रिपोर्ट आयो । पहिलो पटक ठूलो समस्या नभोगेका डाक्टरले दोस्रो संक्रमणमा धेरै गाह्रो भएको बताए । ‘पहिलो संक्रमणमा सामान्य लक्षण देखियो,’ उनले भने, ‘दोस्रो पटक पोजेटिभ रिपोर्ट पछि र अघि धेरै पीडा भयो ।’ दोस्रो पटक संक्रमण पुष्टि भएको १४ दिनपछि उनी संक्रमणमुक्त भए । तर अझैसम्म कमजोर अनुभव भइरहेको उनले बताए ।

फ्रन्टलाइनमा बसेर काम गर्दा पहिलो र दोस्रो संक्रमण कसरी भयो भन्ने उनले थाहा पाउन सकेका छैनन् । पहिलो संक्रमणपछि उच्च सतर्कतासहित काममा फर्किएका उनी दोस्रो संक्रमणको स्रोत नभेटिएको बताउँछन् । संक्रमणमुक्त भएपछि बाहिरको पानीसमेत खाइनँ । डबल माक्स र पञ्जा प्रयोग गरेँ,’ उनले भने, ‘तर कहाँबाट कसरी सर्‍यो छुट्याउन सकिन्छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार