- रमेशकुमार सुवेदी
घरमा दुइ भाले छ्न-एउटा कालिज जस्तो अर्को खांट्टि लोकल।खुबै मिलेका,संगै चर्ने,संगै हिड्ने।कहिलेकाही एकअर्कालाई ठुङ्न खोजे पनि पुनः मिलिहाल्ने।यिनिहरुलाइ घरका अरु कुखुराले चलाउन सकेको थिएन।यि बासे अरु चुप।सबै कुखुरा खुशी थिए।अब हामी हुर्किन्छौ,मोटाउछौ,घरको आंगन सफा रहन्छ।
घर वरिपरिका साङ्लो,भ्यागुतो,धमिरा नासिन्छ र घर सुन्दर हुन्छ।स्वच्छ हराभरा हुन्छ-घरका सबै सदस्यले यस्तै-यस्तै सोचेका थिए। तर को कसको आंखा लागेछ क्यारे!!दुइ भाले त चुच्चो भिडाएका भिडाइ छन् ।एउटा चर्न गएको ठाउँमा अर्को नजाने,अर्कोको ठाउँमा अर्को नजाने।आंखा राता-राता पारेर चुच्चो भिडाइ हाल्ने।केहि गर्दा पनि न हुने। घर घरजस्तो छैन,हिजोआज,फोहरको डुंङ्गुरको थुप्रोमुनि बसेको आभास हुदैछ।घर गनाउदैछ।कतै छिमेकिले पो बिगारे कि!कि आफै बिग्रन लागेका हुन! थाहा नै पाउन सकिएन।हैन यिनिहरुलाइ “भाइ फुटे गंवार लुटे”भन्ने थाहा छैन कि कसो हो?
बिचरा अरु साथिहरु,भालेको नजिक जान्छन् ,चुचुमुचु-चुचुमुचु गर्छन् ।अहं दुइ भालेले सुनेपो!जति गर्दा पनि कोहि कसैको केहि न लाग्ने भो।सबै आजित भै सके!
अरु भालेहरु चिन्तित छन!आज केहि त गर्नै पर्छ।यि भालेले बढ्ता सम्मान पाए,हामिले नै मत्याएको हो।अब हुदैन,अहं हुदैहुदैन यिनलाइ हामिले किन बास्न दिने?हामि छौ र त यि छन।हामि नै भएनौ भने यिनिहरु कहा हुन्छन् र! यिनिहरुलाइ लडाउने,भिडाउने गर्न दिनुहुदैन।अब यिनलाइ थान्को लगाउनु पर्छ।
यि दुइ बुडो भै सके, बिर्सन थाले।अब यिनलाइ भाले न मान्ने,घरको टुप्पोमा राख्ने,सबैले मान दिने,कतै-कतै बाट घरमा हानि नोक्सानी हुन लागे,सल्लाह लिनेगरि थन्क्याएर राख्ने।अब हामिले यसै गर्नु पर्छ।सबैले कुखुरी कां…कुखुरी कां……गर्दै एक भएर घर नै हल्लाउने गरी हो मा हो मिलाएर आ-आफ्नो ठाउ तिर लागे।
तर..तर…कस्को आंट ति दुइ भालेलाइ यो बिग्रीन लागेको घर बनाउने बुलेटप्रुफ योजना सुनाउने।कसैले आंट गर्न सकेनन् ।सबै डरले तै चुप मै चुप भए।भोलि म भाले हुन पाउदिन सबैलाइ एक प्रकारको मनको बाघले खाइरह्यो।सबै नि:शब्द भए ति दुइ भालेका अगाडि।दुइ भाले लडेका लडै छन,घरका सबै निरुत्साहित छन….कहिले……कहिले यो लडाइ सकिन्छ भनेर।
भद्रपुर-७ झापा