सरोज दाहाल – मलेसिया ( संखुवासभा ) 
नेपाली कांग्रेस महाधिवेशन लोकतान्त्रिक पाटिमा राजनितिक दलमा महाधिवेशनले विशेष महत्व राख्दछ । पाटि महाधिवेशनले समग्रमा राष्ट्रिय राजनीति, आफ्नो आगामि योजना र देशको भबिश्यमा सकारात्मक प्रभाव राख्न सक्दछ ।अघिल्लो महाधिवेशन देखि अब आउने महाधिवेशन सम्म पुग्दा पाटिको सवल पक्षलाई निरंतरता दिदै दुर्लभ पक्षलाई सच्याउन अवसर पनि प्राप्त हुन्छ।
महाधिवेशन मूलतःपाटिका कार्यकर्ताका लागि विशेष अवसर हो, सहि योग्य नेतृत्व चयन गर्ने त्यसैले महाधिवेशनलाई एक ढंगले जनमत सर्भेक्षणका रुपमा लिइन्छ त्यो जनमतलाई विश्लेषण गरेर आफ्नो भूमिकालाई परिमार्जित गर्न मार्ग प्रशस्त हुन्छ । पाटिको निति ,भावि योजना संगै देशभरिबाट छनोट भएका महाधिवेशन प्रतिनिधिको सामुहिक छलफल र गहन बिश्लेशनबाट निस्केको निश्कर्श र नया नेतृत्वको सन्देसलाई आत्मसात गर्दै नयाँढंगले अघि बढन नेपालि जनता माझ नेपाली कांग्रेस अवसर पनि हुन्छ ।
०७४ मा सम्पन्न निर्वाचनमा नेपाली जनताले दिएको जनमत लाई शिरोधार्य गरेर नेपाली कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ ।प्रतिपक्षको भुमिका सडक र सदन दुवै ठाउँमा रेलिङ देखि कुर्सी र रोष्ट्रमसम्म तोडफोड गर्ने, ध्वंशमा विश्वास गर्ने प्रतिपक्ष हेर्न वाध्य हुँदै आएको हाम्रो समाजले कांग्रेसको सालिन र जिम्मेवार प्रतिपक्षीय भूमिका निर्वाह गरेको छ भन्ने कुराको पाठ सिकाएको छ तर शान्ति स्थापना, नेपालको नयाँ लोकतान्त्रिक संविधान लेखन र घोषणा तथा निर्वाचन मार्फत तीन तहको सरकारको अस्तित्व निर्माण गरेर ऐतिहासिक दायित्व पुरा गरेको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता र समृद्धिको यात्रालाई गति दिन जिम्मेवार प्रतिपक्षका रुपमा रचनात्मक भूमिका निर्वाह गर्नु गरेकोछ तर लोकतान्त्रिक बिधिबाट निर्बाचित भएर आएका नै जनताको बिश्वास माथि बिश्वास घात गर्दै राज्यको प्रणाली माथि आक्रमण गरेर कसरी सत्ता टिकाउन सकिन्छ भन्नेमा केन्द्रित रहेकाले नेपाली कांग्रेसको महाधिवेशन पछिको नेतृत्वले जनताको चाहाना अनुसार प्रभाबकारि बन्नु जरुरिछ ।
यो अवधिमा वर्तमान सरकारका अनेक जनविरोधी कृयाकलाप गरेको जनता सामु घाम झै छर्लङ्ग छ । कम्युनिस्ट पाटी लाई बिश्वास गरेर मत दिने नेपाली जनताको बिश्वास बिपरित कम्युनिस्ट सरकार ले गरेका गलत कामको भण्डाफोर गर्दै नेपालि जनता लाइ सचेत गराउदै नेपाली कांग्रेस का संस्थापक नेताहरुले परिकल्पना गरेको लोकतान्त्रिक चरित्र र संस्कार भएको पाटिलाई सामुहिक बिचार र लोकतान्त्रिक बिधि र पद्वति अनुसार चलाउन सक्ने आफ्नो विचारमा अडिग रहने नेतृत्व महाधिवेशन बाट आउन जरुरि छ ।
जुन नेतृत्वले सबल पक्षलाई आत्मसात गर्दै कमिकमजोरी लाई सुधार गर्ने प्रतिबद्धता सहित जनताको मन जित्न पनि महाधिबेसन बाट नया नेतृत्व अपरिहार्य छ।महाधिवेशन पछि कार्यकर्ताको भावना र विश्वास आम नेपाली जनताको चाहना नेपालि कांग्रेस को कार्यदिशा बनाएर आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी बनाउन सक्छ । एक दशक लामो हिंसा अन्त्य गरेर शान्ति प्रकृया अघि बढाउँदै संविधानसभाको सफल निर्वाचन संगै संबिधान सभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गरिरहँदा मुलुकको नेतृत्व कांग्रेसले गरेको थियो ,सफल निर्बाचन संगै कांग्रेस दोस्रो दल बन्न पुग्यो ।
त्यो संबिधान सभामा चार कम्युनिष्ट नेता प्रधानमन्त्री बन्नु भयो तर उहाँहरुको नेतृत्वमा नेपालको संविधान बनेन । त्यस्तो असफलता चिर्न कांग्रेसनै सक्षम भयो,फलस्वरुप दोस्रो संविधानसभामा नेपाली जनताले कांग्रेसलाई ठूलो दल बनाएपछि कांग्रेसको नेतृत्वमा नेपालले संविधान सभा मार्फत नयाँ लोकतान्त्रिक संविधान प्राप्त गर्न सफल भयो । तीन तहको निर्वाचन सम्पन्न गरेर नयाँ लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्ने ऐतिहासिक जिम्मेवारी सम्पन्न गर्दै संविधान जारी हुँदा कतिपय प्रश्नमा असन्तुष्टि प्रकट गरिरहेको तराई–मधेश लगायतको भू–भागका नागरिक र स्थानीय राजनैतिक दलहरु समेतलाई विश्वासमा लिएर कांग्रेसको सफल नेतृत्वमा निर्वाचन सम्पन्न भयो ।
यसरी शान्ति स्थापना, संविधान निर्माण र निर्वाचन गराउने राष्ट्रिय अभिभारा पुरा गरेर नेपाली कांग्रेसले देशलाई समृद्धिको यात्रामा अघि बढ्न सहज मार्गमा ल्याउन मुख्य भुमिका खेल्यो । जटिल समय संसद मा अंकगणित मादोस्रो र तेस्रो रहेका ठुला दुई राजनीतिक दल मिलेर चुनावी मैदान एकता साथ रहेपछि कांग्रेसको अंकगणित कम भएपनि लोकपि्रयता रहेको मत कायम नै रहयो ।इतिहासकै सबैभन्दा सहज र अनुकूल राजनैतिक वातावरण प्राप्त गरेको दुई तिहाइ नजिक रहेको नेकपाको सरकारको गतिबिधी , यो समयमा भएका राष्ट्रियताका बहस आफ्नो पाटिको गतिविधि सहित महाधिवेशन बाट नया नेतृत्व चयन हुन्छ ।
पाटिका संस्थापक नेताको योगदान र हाम्रो पाटिको नेतृत्वमा भएका सबै उपलब्धिलाई रक्षा गर्दै देशको आमूल परिबर्तन संगै समृद्धि तर्फ लैजान पाटिको अबको भाबी कार्यनीति संगै जनबिरोधी कार्यका साथ असफलता ब्योहोरिरहेको सरकारको गतिविधि सच्याउन सडक र सदन दुबैबाट कांग्रेस तयार छ भन्ने नेतृत्व आउन जरुरी छ।
हाम्रो गौरवमय इतिहास संग गर्व गर्दै नेपाली कांग्रेस लामो संघर्ष को पाइला , पाटी संगठन निर्माण र देशको लागि आफ्नो ज्यान बलिदान दिने र बि पि कोइरालाको बिचार ,अग्रज नेताको बिश्वास ,योगदान र भरोसा गरेको पाटी नेपाली कांग्रेस हो अबको महाधिवेशन बाट नेपाली कांग्रेसको बिरासत र चरित्र जोगाउन सके मात्र कांग्रेस भनेर गर्व गर्न पाइएला तसर्थ महाधिवेशन बाट सबैलाई समेटने नेतृत्व आबश्यक छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार