काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशव्यापी गरेको प्रदर्शनका लागि बधाई दिएका छन् ।
कांग्रेसका शीर्षस्त नेताहरूले देशका विभिन्न भागमा भएका आमसभाको नेतृत्व गरिरहेका बेला डा.भट्टराईले भने सोमबार ट्वीटरमार्फत् बधाई दिएका हुन् । ‘ओली सरकारको निरंकुशता कुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ’ डा.भट्टराईले भनेका छन् ।
पार्टी एकताको काम सकेर जसपा पनि सडक र सदनमा गर्जने उद्घोष डा.भट्टराईले गरेका छन् । ‘ओली सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार र कर्तव्य हुन्छ,’ डा.भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन्, ‘अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक र सदनमा गर्जन्छ !’