बिर्तामोड , २९ मंसिर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेकपाका दुई अध्यक्ष ओलि र प्रचण्ड बीच पार्टी को उदन्डले फ़ुट्ने अवस्था आए पछि आफ़ना भ्रष्टचारका कर्तुत सार्वजनिक भएको टिप्पणी गर्दै नेकपा फ़ुटे पनि , जुटे पनि कांग्रेसलाई कुनै फरक नपर्ने बताउनु भएको छ ।

आज सोमबार झापाको बिर्तामोडमा आयोजित बिरोध सभामा बोल्दै नेता महत ले कम्युनिष्ट सरकारले भ्रष्टचारै भ्रष्टचारमा देश डुबाएकोले देश र नेपाली जनतालाई उठाउन कांग्रेस सड़कमा आएको बताउनु भएको छ । पूर्व परराष्ट मंत्री समेत रहेका डा.महतले कांग्रेसको समर्थन र अगुवाई बिना मुकुलमा कुनै परिवर्तन आउन नसक्ने जनाउ दिदै अबको मुलुकको नेतृत्वमा कांग्रेस अघि बढ़ने बताउँनु भयो ।

कार्यक्रमलाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकी ,सरिता प्रसाईं ,भारतेन्दु कुमार मल्लिक ,दिलिप राईले सम्बोधन गरेका थिए । नेपाली काङ्ग्रेस झापाका सभापती उद्दब थापाको सभापतित्वमा भएको सो बिरोध सभामा स्वागत जिल्ला उपसभापति राम कट्टेलले गरेका थिए भने संचालन जिल्ला सचिवहरु प्रेम सम्बाम्फे र ताराबिर कटवालले गरेका थिए l

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार