दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीसँग फेरि छलफल शुरू गरेका छन् । महासचिव विष्णु पौडेलसहित ओली र प्रचण्डबीच छलफल शुरू भएको बालुवाटार स्रोतले जानकारी दियो ।

मध्याह्न १२ बजेपछि ओली र प्रचण्डबीच एक घण्टा कुराकानी भएको थियो । सो छलफलमा ओलीले प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा छलफल गर्ने भए बैठकमा सहभागी हुन नसक्ने अडान राखेका थिए । दोस्रो भेटमा उनले उनले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पुर्‍याइएको हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा ओलीले प्रचण्डको प्रस्तावमा छलफल गर्ने बैठकका उपस्थित हुन नसक्ने भन्दै लिखित पत्र पठाएका थिए ।

केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्न २८ गते बसेको बैठकमा भने ओली सहभागी भएका थिए । प्रचण्ड ओलीसँग कुरा गर्न गएपछि स्थायी कमिटीका सदस्यहरू बालुवाटारमा बैठक कुरेर बसेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार