भद्रपुर।जनता समाजबादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिदै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको थप धुन्धुकारी हर्कत रोक्न बेलैमा संसद अधिवेशन र महाअभियोगतर्फ लाग्नुपर्ने भट्टराईले बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई संसदको अधिवेशनबाट अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्ने र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर हटाउनुपर्ने पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराईको भनाइ छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘महाभारतका दुर्योधनहरुले द्रौपतीको चीरहरण गरिरहँदा भीष्महरु मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्ष भित्रका र विपक्षका नेताहरु बैठक/वक्तव्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाअभियोगतर्फ लाग्ने हो ?’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार