काठमाडौं ७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पुर्वपार्टी विघटन भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपामा मेरो मात्र हस्ताक्षर चल्छ भन्ने भ्रममा नपर्न जानकारी दिएका छन् ।
प्रचण्ड नेपाल समुहको बबहरमहलमा आज बसेको केन्द्रिय कमिटिको बैठकमा नेता नेपालले यसो भनेका हुन् । जारी बैठकमा प्रम ओलीले अध्यक्ष प्रचण्डलाई न्यूनतम मर्यादाको समेत ख्याल कुर्सी हटाउने कार्यले प्रचण्डले अपमानको विष पिएको बताएका छन् ।
नेपालले भने,’प्रम ओलीले न्युनतम मर्यादाको समेत ख्याल नगरी पार्टी अध्यक्ष प्रचण्डजीलाई कुर्सीबाट हटाउनुभयो । यस्तो अपमानको विषसमेत प्रचण्डजीले पिउनुभयो’ । उनले अघि थपे , ‘म भएको भए त्यो कुर्सीलाई ओलीको नजिक लगेर उनकै कुर्सी सार्ने थिए’ । ‘कुर्सीका विषयमा कसरा उठाउँदा प्रम ओलीले बैठकमा तोम लगाउला भनी हाँसोमा उडाउनुभयो’, नेता नेपालले थपे ।