–नरप्रसाद लिम्बु ; लेख्नको लागि विषयवस्तु बर्गेल्ती छन् । नेपाली जनताले पाँच वर्ष सरकार चलाउ भनेर बहुमतको मत दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकार आन्तरिक कलहका कारण २६ महिना बाँकी रहँदै संविधानले परिकल्पना नगरेको प्रतिनिधी सभा प्रधानमन्त्री आफैले विघटन मात्रै गरेका छैनन्, दललाई नै फुटको संघारमा पु¥याएका छन् ।

नेकपा दल विभाजनको अब औपचारिक घोषणा हुनमात्रै बाँकी छ । नेताहरुको व्यक्तिगत सत्ता र कर्पोरेट स्वार्थ, देशी विदेशी शक्तिको चलखेल र आन्तरिक राष्ट्रियतालाई कमजोर बनाइरहेको छ । यसै बेला यो राजनीतिक गतिरोध कम्युनिष्टहरु सत्तामा बहुमत मै हुँदै कसरी अवसानको मार्गमा जान्छन् भन्ने विश्व कम्युनिष्ट कै लागि एउटा दृष्टान्त हुने नै भयो । अध्येताका लागि सम्भवत विद्यावारिधी गर्ने अवसर सिर्जना भएको छ ।

कुनै प्रकारले करेस्म्याटिक घटना हुन सकेन र पात्र सतहमा आउन सकेन भने अब नेपालमा कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्था सिर्जना भएको भन्न सकिन्छ । किनभने अहिलेको विश्व डा.केशरजंग रायमाझीले कम्युनिष्ट आन्दोलनलाई दरबारमा बुझाएको समय होइन । सन् २०१९ को डिसेम्बरमा शुरु भएको कोभिड १९ ले संसार कै सबै क्षेत्र यत्ति थिलथिलो बनाएको छ कि सम्झँदा कहालिलाग्दो छ । सत्ताधारीहरुको फुटाउ र शाषण गर नीतिले गर्दा समुदायको तल्लो तहसम्म विभिन्न नाउँ र निहुँमा आन्तरिक द्धन्दहरु शुरु भएका छन् ।

यि विषयहरुमा लामो लामो टिप्पणी र स्तम्भहरु लेख्न सकिन्छ । हुन त अहिले लेख्ने पढ्ने कुरामा हामी झन् अल्छि र निराशलाग्दो अवस्थामा छौं । केही लेख्न प¥यो भने मोबाईलमा फेसबुक वा टुइटर लग अन ग¥यो । ख्याँस ख्याँस केही लेखिदियो । पोष्ट ग¥यो । सकियो । सिमित आफ्नो सर्कलमा भएका केही फ्रेन्डले हेर्नेछन् । धेरैले थाहा नै पाउने छैनन् । केहीले बुडि औंला दिएर लाईक ठोक्छन् ।

केहीले सहमत वा असहमतीको टिप्पणी लेख्ने छन् । एक्काईंसौ शताब्दीको यो पहिलो दशकको अन्त र दोश्रो दशकको सुन्य अंकमा हामी आईपुग्दा लेखन परम्परा मै प्रश्न उठ्ने स्थिती सिर्जना हुनु अनौठो संयोग भएको छ । मेरो यो टिप्पणी भने सन् २०१७ को डिसेम्बरको अन्तमा भएको मेरो हङकङ यात्रामा केन्द्रित छ । एक प्रकारले मुलुकमा भईरहेको राजनीतिक खिचातानी, षडयन्त्र दाउपेचबाट आपूmलाई टाढा राखेर संसारको सपनाको शहर हङकङ यात्रालाई प्राथमिकतामा राखेको छु ।

मुलुकको अवस्थाभन्दा आपूm घुमे डुलेकोकोलाई महत्व दिनुमा मेरो आफ्नै मान्यता र सोचहरु छन् । सन्दर्भ मिले संस्मरणको अन्ततिर उक्त कुरा उल्लेख हुने छ । आज फेसबुकढिलो खोलियो । तर फेसबुक खोल्नासाथ हङकङलान्ताउ टापु स्थित चेप लाक कोक अन्तर्राष्ट्रिय विमानस्थलमा २३ डिसेम्बर २०१७ को विहान किरात याक्थुङ चुम्लुङ हङकङले गरेको भव्य स्वागत र त्यहाँबाट सोझै जोर्डन स्थित चुम्लुङ हिममा पु¥याएर पाएको लाम्लक्मा लाम्दाक स्वागतको फोटोहरु फेसबुकमा आए । किरात याक्थुङ चुम्लुङ हङकङले २५ डिसेम्बरमा लिम्बुहरुको महान चाड चासोक तङनाम भव्य रुपमा मनाउने गर्छ ।

केही वर्ष यतादेखि कियाचु हङकङले चासोक तङनामको अवसरमा नेपालबाट केही पाहुनाहरु बोलाएर मनाउने प्रचलन शुरु गरेको छ । विशेष गरेर कियाचु सम्वद्ध र उदयमान सेलेबे्रटी र जानेमानेका कलाकारहरु हङकङ मासिक रुपमै पुग्नु र आफ्नो प्रतिभा पस्कनु त्यहाँ परम्परा नै बनिसकेको छ । सन् २०१७ मा लिम्बु भाषामा बनेको पहिलो टेलि फिल्म “तरेबा” को नायकको रुपमा म, लिम्बुवानको इतिहासमा आधारित नेपाली कथानक चलचित्र “चेसुङ” की निर्माण परिकल्पनाकार, कलाकार र प्रमुख निर्मात्री भिष्मा चेम्जोङ, दुईजना गायकहरु सुजन तिगेला, लक्ष्मण हुक्पा चोङबाङ र हात्तिसार क्याम्पसका वर्तमान क्याम्पस प्रमुख डा.दिलकुमार हाङस्रोङ पाहुनाको रुपमा हङकङ चुम्लुङको निमन्त्रणामा त्यहाँ पुगेका थियौं । डा. हाङस्रोङको त्यहाँको विश्वविद्यालयसँग सेमिनारमा सहभागी हुने कार्यक्रम पनि थियो ।

हामी २२ डिसेम्बरको राती ११ बजे काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थियौं । मध्य राती करिव १ बजे ड्रेगन एयरले काठमाडौंको भुईं छाड्दा सपनाको शहर मात्रै होइन, मेरो जन्मस्थान हङकङ टेकिने कुराले म रोमाञ्चित त थिएँ नै, कतिपयले हङकङमा त उस्तै परे एयरपोर्टबाटै फर्काईदिने र इमिग्रेसनको लाईन नकाटुञ्जेल ढुक्क हुन नहुने समेत सुनाएको कुराले कता कता त्यस्तो भईहाले भन्ने भय पनि थियो । विमानको सिटमा भएको अनेक च्यानल हेर्दै, कहिले जमिनमा रंगचंगी प्रकाशमय शहर हेर्दै हामी आकाशको समय सवा दुई घन्टा तर हङकङको समय नेपालको भन्दा लगभग त्यती नै घन्टा छिटो हुने भएकोले साढे चार घण्टामा समुंद्र पुरेर निर्माण भएको चेप लाक कोक अन्तर्राष्ट्रिय विमानस्थलमा ओल्र्यौं ।

विमानबाट निस्केपछि टर्मिनल भवनमा प्रवेश गरेर निस्कने ठाउँमा पुग्न मर्निङ वक गरेजस्तै हुने अनुभव भयो । तर अत्याधुनिक निर्माण हेर्दै अवलोकन गर्दै त्यहाँभित्र २५–३० मिनेट हिंडेको पत्तो नै नहुने रहेछ । विमानदेखि निस्कीँदा विहान भएको आभास थिएन तर टर्मिनल पुग्दा करिव विहान भएको संकेत बाहिर हेर्दा थाहा हुन्थ्यो । लगेज कलेक्सन गर्ने ठाउँमा नेपालीलाई अर्को समस्या पर्ने अनुभव भयो । सबै ठाउँदेखि आएको विमानहरुको डिस्प्लेमा समय मै आउने तर काठमाडौंदेखि गएको विमानको डिस्प्ले त्यो विहान निक्कै ढिलो दियो ।

अर्को तर्फ सँगैको साथीहरु सुजन र लक्ष्मण धेरै अगाडी भीडमा कता मिसीए मिसीए थाहा पत्ता नै भएन । डा.हाङ्स्रोङ र भिष्मा वहिनी त झन् हामी तीनजना भेटेर लगेज लिएको आधा घण्टासम्म पनि भेटिएनन् । यसरी विमान छाडेर हवाई टर्मिनलभित्र लगेज संकलन गरेर इमिग्रेसन छाड्दा झण्डै विहानको साढे सात बज्यो । एयरपोर्टमा हामीलाई लिन आउने त नेपालमै छँदा कियाचु हङकङको तत्कालिन अध्यक्ष भतिज त्रिभुवन लुम्फुङवा र फु?लेन्देको बाबु भदा मौसम इम्बुङले जानकारी दिईसकेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार