राष्ट्रियसभाका नेकपा संसदीय दलको नेता दिनानाथ शर्माले पनि आफ्ना सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई साथ नदिने भएका छन् । शर्माले आफू कुनै पनि गुटमा नलाग्ने घोषणा पनि गरेका छन् । प्रचण्डसँग लामो सहकार्य गरेका शर्मा बौद्धिक नेतामा गनिन्छन् ।
पछिल्लो समय पूर्वमाओवादी तर्फका धेरै नेताहरूले प्रचण्डको साथ छाडिसकेका छन् । प्रचण्डको साथ छाडेका सबैजसो नेताहरूलाई प्रधानमन्त्री केपी ओलीले अहिले मन्त्री बनाइसकेका छन् । यद्दपी नेता शर्माले भने आफू कुनैपनि गुटमा नलाग्ने घोषणा गरेका छन् ।
विगतमा प्रचण्ड–नेपाल पक्षको भेलामा उभिएका नेता शर्मा अब पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्य गर्ने भन्दै केपी ओली र प्रचण्ड–माधव नेपाल दुवै खेमामा नलाग्ने बताएका छन् । उनले अब बस्न लागेको राष्ट्रियसभाको बैठकमा पनि आफू तटस्थ भएर काम गर्ने बताए । उनले आफू स्वतन्त्र भुमिकामा रहने र राष्ट्रियसभामा दलको नेताको हैसियतले पार्टी मिलाउन लाग्ने बताए ।