हल्दिवारी – हल्दिवारी नमुना माविले कोभिड – १९ को संक्रमणले बन्द गरिएको विद्यालय सहज रूपमा संचालनमा ल्याएको प्रधानाध्यापक टंक पा िख्रनले बताउनु भयो ।

झापाकै उत्कृष्ट नमुना माविको रूपमा परिचीत यस हल्दिवारी माविले अङ्ग्रेजी र नेपाली दुबै माद्य्यमबाट पठनपाठन शुरुगरेपछी विद्यार्थी संख्यामा पनि वृद्धि भएको छ। यस विद्यालयले १ देखि ५ सम्म अङ्ग्रेजी माद्यमबाट अध्यन अध्यापन शुरुगरेपछी बाल कक्षा देखि ५ सम्म विद्यार्थीको संख्या बडेको प्र.अ . पा िख्रन बताउनु हुन्छ ।

सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको अवस्थामा भने हल्दिवारी मावी लगायत हल्दिवारी गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अभिभावकहरु फर्किनुलाई एउटा सुधारको रूपमा हेरिएको हल्दिवारी मावी व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र योङ्हाङ बताउनु हुन्छ ।

हल्दिवारी गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल शुरुभएको र बहुसंख्यक मजदुरहरुका छोराछोरी अध्यन गर्ने नमूना मावीलाई नमुना बनाउन शिक्षक अभिभावकहरुको समेत महत्त्वपूर्ण भुमिका हुने भएकोले सबैको सहयोग अपरिहार्य रहेको गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति सभापति डम्बरबहादुर गिरि बताउनु हुन्छ ।

उक्त नमुना माविमा ५ देखि १२ सम्म नेपाली तथा अङ्ग्रेजीमा अध्यन अध्यापन गरिन्छ भने कक्षा ९ देखि १२ सम्म सुबिधा सम्पन्न प्रयोग शाला सहित बाली बिज्ञान पनि पढाउन शुरु गरिएको छ। हल्दिवारी माविले शुरु गरेको शिक्षाको सुधारले निजि विद्यालय जाने विद्यार्थीहरु समेत छोड्दै सामुदायिक विद्यालय जान शुरु गरेको देख्न सकिन्छ ।

हल्दिवारी माविमा १२ सय भन्दा बढी विद्यार्थी अङ्ग्रेजी तथा नेपाली मिडियम अध्यन गरिरहेको छ्न भने बाल कक्षामा समेत ८० जना सानासाना नानिहरु रहेको देख्न सकिन्छ। कोरोना कलह पछि संचालित यश विद्यालयमा सेन्ट प्रतिशात विद्यार्थी उपस्थित भै रहेको विद्यालयको दावी रहेको छ ।

बिहान १० देखि १ बजे तथा १ देखि ४ बजे सम्म २ सिफ्ट गरि अध्यन अध्यापन गराइरहेको यश माविले प्राविधिक धार वाली लाई भने १०-४ को रुटिङ्ग्मा पढाउने गरेको प्र अ ले जानकारी दिए । सुविधा सम्पन्न २ वटा कम्पियुटर ल्याव सहित ८० भन्दा बढी कम्पियुटर रहेको यस विद्यालयमा ४५ जना शिक्षक कर्मचारीहरुले काम गरिरहेको प्र .अ .पा िख्रन बताउनु हुन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार