– राज कुमार कार्की
राष्ट्रियताको नाउँमा अब त ए हजुर
राष्ट्रिय गान मात्र केवल बाँकी छ !
जति बलात्कार भए पनि सहन सक्ने
नेपाल आमाको मात्र केवल छाती छ !!
नेपाल आमाको छाती चुसेर बलात्कार गर्नेहरु
जहिले पनि किन होला एक कदम माथि छन !!
दुबै नेत्रहरु गुमाएर पनि किन होला आजभोलि
चर्म चक्षुले मात्र देख्ने नेपाल आमाको बानी छ !!
जोसमा होस गुमाउनेहरु त केवल हिजोआज
बुद्धिजीवी मै मात्र हु भन्ने सम्म नै भएका छन !
हिजोसम्म खाली खुट्टा हिड्नेहरु त आजभोलि
पजेरो गाडीहरू मात्रै चढ्ने नै पो भएका छन !!
दृष्टि गुमाएर हिड्नेहरु त किन होला हिजोआज
जेट गाडीको पाइलट मै हु भन्ने सम्म भएका छ्न !
कालोलाई गोरो भन्नेहरु मात्र किन होला आजभोलि
मै मात्र हु सत्य बोल्ने युधिष्ठिर भन्न थालेका छ्न !!
गाई नहुनेहरुले अर्काको गाई पालेका छ्न
किन होला अर्काको गाईलाई घाँस हालेकाछ्न !
आफ्नो ठेकी नहुनेहरुले मही पार्न थालेका छ्न
मही मात्र पार्ने घिउ ननिकाल्ने वाचा गरेका छ !!
धन्यवाद ।