आदरणीय बिपि !
जय नेपाल !!
निकै अघि किशुन जि लाई एउटा पत्र लेखेको थिएँ – आफ्नो चेलो शेर बहादुर जि लाई सम्झाईदिनु पर्यो भनेर !!
मजाकिया स्वभावको किशुन जि ! सायद मेरो पत्रलाई पनि मजाक नै ठान्नु भो कि कसो ? कुनै रेस्पोन्स आएन ! मेरो पत्रको आसय र आग्रह बमोजिमको काम नभएकोले बाध्य भएर तपाईं लाई नै आग्रह गर्दैछु ! यो मेरो मात्र नभएर आम काङ्ग्रेस कार्यकर्ताको समेत आग्रह हो !! आशा छ गम्भीरतापुर्वक लिनुहुनेछ !!
तपाईंको पाला सम्म त राम्रै थिए ! कसरी बिग्रे बिग्रे ? पन्चायती शंख फुक्नै लाग्दा किशुन जि ले बेलायत पठाईदिएर जोगाई दिनु भो ! फर्केर आएपछि गृहमन्त्री हुँदै प्रधानमन्त्री सम्म भए ! अनेक उपद्रो गर्दै पजेरो बेच्ने देखि राजाको पाउमा प्रजातन्त्र बुझाउने काण्ड सम्म मच्चाउन भ्याए ! देख्दा काङ्ग्रेसका सभापति भए पनि आफ्नो स्वार्थपुर्तिका लागि कहिले प्रचण्ड पुत्रीलाई भोट हाल्ने उर्दि जारी गर्छ्न त कहिले बाबुराम जस्ता नकच्चरालाई सांसद बनाउन लाग्छ्न !! जो आफैंलाई जिताउन लाग्ने काङ्ग्रेसलाई नै म्युजियममा राख्नुपर्ने धारणा राख्छ !! मुलुकमा कुनै पनि काण्ड मच्चियोस देउवा पदेन सदस्य भैहाल्छन ! स्वार्थ मिल्ने दुश्मनलाई मित्र देख्ने र आफ्ना समकक्षीलाई दुश्मन देख्ने उनको चरित्र हेर्दा काङ्ग्रेसका सभापति हुन कि जङ्ग बहादुरका ज्वाईं हुन छुट्याउनै कठिन छ !! सत्ता लिप्सामा लिप्त सिद्धांतहीन सम्झौता गर्दै कहिले को सग त कहिले को सग मिल्नाले हेर्दाहेर्दै आफ्नो पोल्टाको सत्ता अर्काको हातमा पुर्याईदिए ! पार्टी संगठनका नाममा मण्डले भित्र्याउनु बाहेक सिन्को भाँचेका छैनन ! हुँदा हुँदा तपाईलाई फाँसिको माग गर्नेका सन्तानलाई पार्टीको उच्च आसन जिम्मा लाए !!
यिनको चर्तीकला त बर्णन साध्य छैन ! माथी बाट तपाईंले पनि हेर्दै हुनुहोला ! युवाबस्था देखि नै जान्नु बुझ्नु भएकै हो ! कुनै दिन तपाईंले नै भन्नू भएको थियोे रे – सबै कुरो दिनु पार्टी सभापति चै नदिनु ! पार्टी सक्छ ! बिडम्बना – आज हामी सबै उनकै गलत हैकम सहन बाध्य छौं ! पार्टी पाटिमा परिणत भैसकेको छ ! पन्चायती प्रतिकार समितिका शीर्षस्थ काङ्ग्रेसका शिर्षस्थ भएका छन ! भुतपुर्व बामपंथी काङ्ग्रेसको निर्णायक शक्ति भएका छन ! पहिलो दोस्रो तेस्रो खै के के पो शक्ति रे !
तपाईंले प्रजातन्त्र प्राप्ति खातिर रोज्नु भएको लामो बाटो बिर्सेर ०४६ मा गणेशमान जि को नेतृत्वमा काङ्ग्रेसले रोजेको छोटो बाटोको दुस्परिणाम अहिले काङ्ग्रेसले भोग्दैछ ! पार्टी भित्रको संतुलन मिलाउन छोडेर मध्यावधिको सनक बोकेर बहुमत प्राप्त आफ्नै सरकार ढाल्ने गिरिजा प्रसादका कारण ०५१ मा सत्ताको स्वाद चाख्न पुगेका बामपंथीहरु राष्ट्रपतिको उधारो आश्वासनको लोभमा परेर राजा खेद्ने उनको अर्को सनकको प्रतिफल आज दुई तिहाईको दम्भ बोकेर सत्तासिन छ्न !! अहिले मुलुकमा धेरै राजा जन्मेका छन ! बर्खाका चेपागाडा सरह !!! झन ओलि त श्री ३ नै हुनुभएको कुरो पार्टी पङ्ती हुँदै अहिले सडकमा सिन्दुर पोतेको खोजी छताछुल्ल भएको बेला शेर बहादुर चै उनिहरुको खुस्केको लगौटी टेको लाउन ब्यस्त छ्न भन्ने हल्ला छ ! ज्योतिषीले ६ पटक प्रधानमन्त्री हुन्छौ भनेको पत्र लिएर बसेका छन रे ! अर्का तनहुँका लुब्ध ब्राह्मण प्रचण्डले देखाएको राष्ट्रपति छाप रित्तो घैटो हेरेर थुक निल्दैछन भन्ने गाईगुई छ ! यिनको बेलाबेलाको बेहोरा हेर्दा त गोल्छे सार्किले ठिकै गरेजस्तो लाग्छ !! तेस्रो शक्ति त झन छिर्के दाउका महारथी नै भैहाल्नु भो !! सबै सत्ताकै दौडधुपमा ब्यस्त छन ! आफ्नो एजेन्डा छोडेर गठबंधनका पछि कुदेका छन !!
खै ! कस्को बुद्धले हो कुन्नी ? भुमिका बिहीन देखिएको काङ्ग्रेसले २९ गते देखाएको जाँगर लाई ग्रामीण काङ्ग्रेसले उत्साहजनक साथ दिए ! बच्चै देखि लागेको काङ्ग्रेसि लुतो कन्याउदै आफू पनि कुदियो जुलुसमा ! गाउँमा काङ्ग्रेस जिवित छ भन्ने प्रष्ट देखियो ! कार्यकर्तामा उत्साह सगसगै नेता प्रति आक्रोश समेत देखियो !! तर १३ गतेको जुलुसमा चुनावको घोषणा भैसकेकोले बिरोधको बाम नौटन्किको पछि लाग्नुभन्दा आफ्नो एजेन्डा बोकेर चुनावी तयारीमा लाग्नु पर्ने आम राय देखियो ! बामपंथी भनेका बाई चान्स नो चान्स हुन ! एक त सत्तामा पुग्दै पुग्दैनन ! पुगे भने छोड्दै छोड्दैनन !! चुनाव गराउनु त परैको कुरो !! धन्न उखान अन्कलले आफ्नै घर झगडाको कारण चुनावको मिति सम्म तोकेका छन ! भलै चुनाव गराउने कुरामा बिश्वास गर्ने आधार छैन !! जे जस्तो भए पनि काङ्ग्रेसले आफ्नो तयारीमा लाग्नुपर्छ ! बाम दन्तबजानको पछि कुद्नुको तुक छैन ! कस्को सिन्दुर कता छ ? कस्को पोइ को हो ? काङ्ग्रेसलाई के को चासो ? यस्तो घृणित कार्य बाट ऊनीहरुकै माकुने तिनकुने हुन्छन ! ऊनीहरुकै प्रचण्ड मुर्खण्ड बन्छन !! झलनाथ झल्लानाथ होलान या उखाने गुखाने होलान ! यो बाम बिषय हो का
ङ्ग्रेसको हैन !
आदरणीय बिपि !
तर हैन ! काङ्ग्रेस नेता पार्टीको चिन्ता भन्दा बढी सत्ता मोहले ग्रसित छन ! भागबन्डामा मस्त छन ! पिण्ड सेवन गर्ने बेलामा हरियो काक्रोको आशमा छन !! जनता र कार्यकर्ताको आस्था र उत्साह प्रती भरोसा छैन ! आत्मबिस्वास छैन !! आत्मा मरिसकेको छ !!
तपाईंले तरुण प्रतिको आशा र बिश्वासले कुनै समय तरुण दल गठन गर्नुभएको थियोे ! हुन त त्यसबेलाको तरुण दल अहिले तरुल दल साबित भएको छ ! तैपनि एकाध युवाहरु छ्न जस बाट अझै पनि केही आशा राख्न सकिन्छ ! अब उनीहरुको जिम्मा छोड्नु पर्छ काङ्ग्रेसलाई !!
पत्रको सुरुवात यी पिण्ड सेवन योग्य नेतालाई सम्झाईदिनु पर्यो भनेर गरेको थिएँ तर तपाईंले छोड्दा झैं सोझा र आज्ञाकारी छैनन अहिले ! सहरका नगरबधु झैं भएका छन ! कुन बेला के गर्छन ? कता पुग्छ्न ? टुंगो हुन्न !! अहिले पछिल्लो हल्ला अनुसार चै सभापतिले चुनावी तयारीमा लाग्न निर्देशन दिएको सुन्नमा आएको छ जुन स्वागतयोग्य हो सगसगै भोट चै सुर्यमा हाल्ने उर्दि पनि नआउला भन्न सकिन्न जुन चै खतरापूर्ण छ ! तैपनि प्रयत्न गर्नुहोला ! तपाईंले भन्दा सुध्रेलान कि ? त्यहाँ बाट सम्झाउदा समेत सम्झेनन भने चाडैं उतै बोलाउने ब्यबस्था मिलाउनु होला ! काङ्ग्रेस जोगाउन त्यति नगरे उपाय छैन !!
गन्थन लामो भो ! माथी त यहाँको जस्तो ब्यस्तता नहोला !! झर्को नमानी पढिदिनुहोला ! यहाँ तल चै सबै ब्यस्त छन ! राजनीति ले सबैलाई ब्यस्त बनाएको छ !! लामो भो भनेर झर्को मान्छन ! लामो नभै कुरै पुग्दैन !! के गर्नु ?? लामो गन्थनका लागि माफ पाउँ !!
ज्ञान मणि भुर्तेल – बिर्तामोड ,झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1