हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। भूतपूर्व सैनिकहरु लाई पार्टीमा आबद्ध गर्न जनता समाजवादीले गठन गरेको भातृ संगठनको धरान नगर समिति सोमावर विधिवत् गठन भएको छ । पार्टी कार्यालयमा आयोजित भूतपूर्व सैनिकहरुको भेलाले पूर्व सैनिक फणीन्द्र राईको अध्यक्षतामा धरानमा संगठन विस्तार गरेको हो ।
उक्त भेलाले राईको नेतृत्वमा १३ सदस्यीय धरान उपमहानगर समिति गठन गरेको पार्टीले जनाएको छ । समितिको उपाध्यक्ष जसबहादुर याक्खा, सचीव रामकाजी राई, सहसचिव महाबिर राई, कोषाध्यक्ष गोपाल राई रहेका छन् । सदस्यहरुमा सिहराज राई, पुण्यप्रसाद राई, तेजबहादुर जिमि, दुर्गा चेम्जोङ, नरेन्द्र चेम्जोङ, गंगाबहादुर राई, रोमन गुरुङ, बिन्द्र कुमार राई छन् ।
भेलामा पार्टीका केन्द्रिय सदस्य बिम राईको प्रमुख आतिथि थिए । नगर अध्यक्ष ताजुप लिम्बू, उपाध्यक्ष कृष्ण राई, बिना पुमा राई, सचिव हेमराज जिमि याक्खा लगायतको उपस्थित थिए ।-देवेन्द्र किशोर