मेरो प्रिय मान्छे !
माथिआकाश हेर त !
तिमी निदायौ भने
आकाश खस्न सक्छ !
धर्ती फाट्न सक्छ
तर तिम्रो पवित्र माया फाट्ने छैन !
हो आज तिमी र म मा
आकाश पातालको फरक छ !
लोक र भोकको फरक छ !
टेक्ने धर्ति फरक छ !
फेर्ने वायु फरक छ !
हिड्ने बाटो फरक छ !
पुग्ने लक्ष्य फरक छ !
यहाँ धुर्व मात्र होइन गोलार्ध फरक छ!
हो ! आँशु मात्र होइन हाँसो फरक छ!
हो ! मेरो प्रिय मान्छे !
म कसरी तिम्रो मान्छे हुन सक्छु र ?
तिमी रुँदा हसाउन सकिन भने !
तिम्रो हॉसो बचाउन सकिन भने !
म तिम्रो मान्छे भएको के अर्थ भो र ?
तिमी बिरामी पर्दा
तिम्रो बिराम आधा साट्न सकिन भने !
म तिम्रो मान्छे भएको नै के भो र ?
तिमी रुँदा हसाउन नसके पनि
छेउमा बसेर आँशु पुछ्ने मान्छे पो
प्रिय मान्छे हुन्छ त !
हो ! मेरो प्रिय मान्छे !
आज तिमी बिरामी पर्दा
चिसो तातो के खाने भन्न नसक्ने म !
तिम्रो सुन्दर र पवित्र मायाको अगाडी
म त एउटा कुरूप मान्छे !
तिमीलाई सुहाउने मान्छे त होइन
तर पनि कोशिश गर्दै छु तिम्रो मान्छे बन्न
छाति चिरेर देखाउन त साक्दिन प्रिय !
तर तिम्रो अनमोल माया मुटुमा सजाएर
दौडिरहेको छु रातदिन बिरानो मुलुकमा !
भेट्छु वा छुट्छु त्यो त थाहा छैन !
तर चोटै चोटको पीडामा पिल्छिएको छु !
किनकि तिम्रा ती हर दुखहरु साट्न सकिन !
विवश छु चाहेर पनि
तिम्रो सामु आउन सकिन !
तिमीलाई भेट्न सकिन !
किनकि
आज तिम्रो र मेरो संसार फरक छ !
हो मेरो प्रिय मान्छे !
यो जुनीमा तिम्रो हुन नसके पनि
अर्को जुनिमा तिम्रै तिम्रो हुनेछु !
(दुर देशको आफ्नो प्रिय मान्छेको सम्झनामा गर्दै लेखिएको कविता)
हल्दिबारी, झापा , नेपाल
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1