हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।बुधबार झापाको बिर्तामोडमा जनता समाजबादी पार्टी नेपालको बिरोध तथा प्रदर्शन कार्यक्रम सम्पन्न भयो।अतिथि सदनबाट शुरु भएको जुलुस नगर परिक्रमा गर्दै मुक्ति चौक हुदै सडक बिभागको प्राङ्गणमा पुगि बिरोध सभमा परिणत भएको थियोे।
प्रतिगमनकारी मुर्दावाद,निरंकुश ओलितन्त्र मुर्दावाद,ससद पुनर्स्थापना हुनैपर्,।संघीय लोकतन्त्र गणतन्त्र जिन्दवाद,वीर शहिदहरु अमर रहुन ,माननीय रेशम चौधरी लगायतका राजबन्दीहरुलाई रिहा गर, जसपा नेपाल जिन्दावाद,नाराहरु लगाइएको थियोे। जिल्ला अध्यक्ष अनुतसिङ राजबंशीको अध्यक्षता भएको उक्त कार्यक्रमको संचालन जिल्ला सचिब देवेन्द्र किशोर ढुंगाना र प्रदेश सदस्य गौरिमान राई एवं स्वागत भाषण जिल्ला अध्यक्ष दिपेनवाला राईले गरेका थिए।
प्रमुख बक्ताहरु केन्द्रिय कार्यकारिणी सदस्य एवं पूर्ब मंत्री रकम चेम्जोङ्ग, केकास डम्बर खतिवडा केकास तथा माननीय मनिस कुमार सुमनले केपी शर्मा ओलीको प्रतिगमनका बिरुध्द पहिचानबादी शक्तिहरु संगठीत भई अघि बढनुको बिकल्प छैन भन्ने धारणा राखी संसद पुनः स्थापनाका साथ कम्युनिष्ट सरकारको पतन शुरु हुने बताए ।
अन्य बक्ताहरु केस तथा मा राधा थापा क्षेत्री केस बिश्वनाथ सिंह राजबंशी ,केस नित्यानन्द ताजपुरिया रहेका थिए।शहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो।केकास डम्बर खतिवडाले ओलि सरकारको आयु तीन महिना मात्र हो।जसपा जुन कुनैबाटोबाट ओलिलाई सत्ताबाट हटाई छोडछ।ससद पुनर्स्थापनापछि अबिश्वासको प्रस्ताव ल्याई ओलिलाई पद मुक्त गर्ने रास्ट्रपति बिध्यालाई महाअभियोग लगाई पद मुक्त गर्ने उदघोष गरिएको थियो ।पौष५ को कु पछि सबैभन्दा पहिले बिरोध गर्ने पार्टी जसपा नेपाल हो।कांग्रेस जस्तो ढुलमुलमा जसपा छैन।सम्बिधानमा धेरै कमिकमजोरी भएपनि संघ ,लोकतन्त्र ,गणतन्त्र ,समावेशता ,धर्मनिरपेक्षताका लागि सार्वभौम प्रतिनिधि सभा जसरी पनि ब्युताएर छोडने भने।मध्यावधि होस या आवधिक चुनाव नेकपाको अवस्था राप्रपाको भन्दा कमजोर हुने ठोकुवा गरे ।
नेकपाको कुल मतमा अहिले ४०% मत घटिसकेको छ।बांकी ६०% दुबै नेकपाको आधा- आधा हुने।देशको सबैभन्दा ठुलो पार्टी जसपा बन्ने छ भने।मधेस पहाड हिमाल सबै तिरबाट जसपालाई मत आउनेछ।सम्बिधानलाई जोगाउदै अझ राम्रो बनाउन जसपा नेपाल लागिपर्ने बताए । पार्टी केन्द्रिय समितिको निर्णय अनुसार भएको उक्त कार्यक्रममा मोरंग जिल्लाबाट केन्द्रीय सदस्य अमरेन्द्र कुमार साह, शंकर साह,सांसद जयराम यादब र सुनसरी जिल्लाबाट सन्तोष मेहता सहित ताप्लेजुङ पाचथर ईलामका अगुवा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेकोे थियोे।-उमेश दाहाल