हल्दिबारी न्यूज डेक्स-  प्रदेश १ मा पछिल्लो ६ महिनामा तीन हजार ३ सय १४ मुद्दा दर्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो ६ महिनामा तीन हजार ३ सय १४ मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्ष सोही अवधीमा ३ हजार ८ सय २९ वटा मुद्दा दर्ता भएको थियो ।

प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १८ करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ । ६ महिनाकाे अवधीमा फैसला कार्यान्वयन तर्फ ४ सय १७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

ती व्यक्तिबाट ५ सय ३६ वर्ष कैद र १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व सङ्कलन भएको छ । सोही अवधी १ हजार १ सय ६४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ । सोही अवधीमा ३ सय ३६ केजी गाँजा बरामद भएको छ । २ हजार ३सय ६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २ सय ६६ गाँजाका बोट नष्ट गरिएको छ । भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ परेका छन् भने ७ करोड ९९ लाख ८ हजार एक सय ५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने एक सय १९ जना मानिस र पाँच सय ४० वटा सवारी साधनलार्इ कारवाही गरी ३७ लाख ७५ हजार ७ सय २० राजश्व सङ्कलन भएको छ । यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने १ लाख २४ हजार ८ सय ८९ वटा सवारी साधनलाई कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट ७ करोड ६८ लाख ४९ हजार पाँच सय राजश्व सङ्कलन भएको छ ।-देवेन्द्र आलोक

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार