हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/ मिटरब्याजमा लगानी गरेर ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाहीको माग गर्दै पीडितले अदालत परिसरमा धर्ना दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार मण्टुलाई जिल्ला अदालतमा पेस गर्दैछ । मङ्गलबार बिहान मन्टुलाई कारवाहीको माग गर्दै पीडितहरुले धर्ना दिएका हुन् ।विराटनगर–९ घोगापुल चोकका ४२ वर्षीय सञ्जय रौनियारले केही वर्षयता ग्रामीण भेगका किसानलाई मिटरब्याजमा ऋण लगानी गर्दै ठगी गरेको आरोप छ ।

प्रहरीका अनुसार मन्टुले मिटरब्याज धन्धा चलाउनका लागि र्याकेड बनाएका थिए । गाउँका चिनेजानेका मान्छेमार्फत् पैसा अभाव भएकाहरुलाई धनीपूर्जा राखेर महँगो ब्याजमा पैसा दिने, सकुन्जेल धम्काएर पैसा असुल्ने र पैसा तिर्न सक्ने अवस्था नभएपछि जग्गा आफ्नो नाममा पार्दै आएको पीडितको गुनासो छ । -कमला भट्टराई

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार