हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। मुलुकलाई अस्थिरता तर्फ धकेल्न असम्बैधानिक प्रतिनिधि सभा विघटनको विरोधमा सोमवार संघीय राजधानी काठमाण्डूमा भएकाृ बृहत नागरिक विरोध प्रर्दशनमा भएको प्रहरी दमनमा सहभागी किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष प्रेम येक्तेन घाइते भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई प्रतिगमन तर्फ धकेल्ने कदमको विरोधमा भएको बृहत नागरिक आन्दोलनमा चुम्लुङका केन्द्रिय पदाधिकारीहरु सहभागी भएका थिए । केन्द्रिय अध्यक्ष योगराज वनेम, महासचिव निरन्ति तुम्बापो, केन्द्रिय कोषाध्यक्ष गोबिन्द आङबुहाङ सहित चुम्लुङ सहकर्मीहरु प्रदर्शनमा सहभागी भएको चुम्लुङले जनाएको छ । नागरिक विरोध प्रदर्शनमा भएको प्रहरी दमनको भत्र्सना गर्दै चुम्लुङले सामाजिक सञ्जालमा लेखेको छ ‘आज २०७७ माघ १२ गते सोमवार प्रतिगमन विरुद्ध वृहत नागरिक आन्दोलनमा तानासाही ओली सरकारको प्रहरीको कुटाईबाट किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष घाईते हुनुभएको छ ।

वहाँको मोबाईल पनि पूर्ण रुपमा ध्वस्त भएको छ । वहाँ सहित दर्जनौ घाइते सबैलाई शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछौं ।’ लोकतन्त्रमा सरकारको तानाशाही रवैया विरुद्ध अवज्ञा आन्दोलन हुन्छ । सडकमा उत्रिएका नागरिक समाज लाई सामुहिक गिरफ्तारी बाट प्रहरीले स्थिति नियन्त्रणमा लिनसक्छ । तर निषेधित क्षेत्र तोडेको निहुँमा प्रहरीले पानीको फोहरा, लाठिचार्ज गरी नागरिक समाज माथी दमन गरेको छ ।

यो लोकतान्त्रिक सरकारले असन्तुष्ट नागरिक संग गर्ने व्यवहार होइन् । प्रहरी दमनमा दर्जनौ अगुवा नागरिकहरु गम्भिर घाइते भएका छन् । सरकारको दमनकारी नीति विरुद्ध आन्दोलनकारीले तेश्रो जनआन्दोलान शुरु भएको उद्घोष गरेका छन् ।-सूर्य सुब्बा (इटहरी)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार